प्रदेश प्रमुख शेरचनद्वारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अवलोकन

दाङ – लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको स्थलगत अवलोकन गरेका छन्। सो अवसरमा उनले जनताको स्वास्थ्य र शिक्षासँग जोडिएको प्रतिष्ठानको विकासका लागि पहल गर्ने बताए। प्रदेश प्रमुख शेरचनले आफू स्वास्थ्यमन्त्री हुँदा अस्पतालको स्तरोन्नतिका लागि निर्णय गरेको बताउँदै गुरुयोजनाअनुसार बन्ने ४०० शय्याको अस्पतालको भौतिक पूर्वाधार विकासका लागि बजेट प्रदान गर्न केन्द्र […]

सम्बन्धित सामग्री

दाङमा आए १८ डायलाइसिस मेसिन

स्वास्थ्य जनसङ्ख्या मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका लागि १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन पठाएको हो।

राप्ती प्रतिष्ठानमा विशेषज्ञसहितको इएचएस सेवा

- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बिस्तारित सेवा (इएचएस) सुरु हुने भएको छ।

राप्ती  प्रतिष्ठानको पोषण पुनर्स्थापना गृहमा ४२ जनाको उपचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङले पोषण पुनर्स्थापना गृहबाट ४२ जना कुपोषित बिरामीलाई उपचार सेवा दिएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निःशुल्क प्रसूति सेवा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अबदेखि २४सै घण्टा निःशुल्क प्रसूति सेवा सञ्चालन हुने भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पहिलोपटक मेरुदण्डको सफल शल्यक्रिया गरिएको छ। घोराही उपमहानगरपालिका–७ सौडियार निवासी ३३ बर्षीया महिलाको प्रतिष्ठानमा मेरुदण्डको सफलतापूर्वक शल्यक्रिया गरिएको हो।

सेवा विस्तार गर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

दाङ । कोरोनाका बिरामी बढ्दै गएपछि उपचार सहज बनाउन दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा विस्तारको तयारी थालेको छ । सेवा विस्तार एवं स्तरोन्नति गरेर एक हप्ताभित्रै उच्चस्तरीय प्रविधिबाट संक्रमित बिरामीको उपचार गरिने प्रतिष्ठानले बताएको छ । सेवा विस्तारअन्तर्गत आईसीयू सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले बताएकी छन् । ‘प्रतिष्ठानमा सेवा विस्तारको काम भइरहेको छ,’ उनले भनिन्, ‘एक सातामै आईसीयूसहितको उच्चस्तरीय प्रविधिबाट कोभिडका बिरामीको उपचार शुरू गर्छौं ।’ हाल कोरोनाको दोस्रोे लहरपछि संक्रमित बिरामीको मृत्युदर अत्यधिक बढेको र अस्पताल आउने सबैलाई अक्सिजन लगाउनुपर्ने अवस्था आएको उपकुलपति भण्डारीले बताइन् । सोही अवस्थालाई ध्यानमा राख्दै आईसीयू सेवा सञ्चालनको तयारी भइरहेको प्रतिष्ठानले बताएको छ । तत्कालका लागि १५ बेडको आईसीयू सञ्चालनमा ल्याइने र केही केही समयपछि क्षमता बढाएर २५ बेड पु¥याइने जानकारी दिइएको छ । आईसीयू सञ्चालनका लागि हाल विज्ञद्वारा प्रतिष्ठानका चिकित्सकलाई तालीम दिन थालिएको छ । उपकुलपति भण्डारीका अनुसार तालीम सम्पन्न भएलगत्तै आईसीयू पनि सञ्चालनमा आउने र कम्तीमा ३ महीना विज्ञसहितको टोलीले आईसीयूमा काम गर्नेछ । अस्पतालको सेवा विस्तारका लागि अहिले बजेटको अभाव नभएको उनले बताइन् । हाल ५५ बेडमा कोरोनाका बिरामीको उपचार गरिरहेको प्रतिष्ठानले दश दिनभित्र १०० बेडमा सेवा विस्तार गर्ने भएको छ । यसैगरी प्रतिष्ठानमा दुईओटा अक्सिजन प्लान्ट स्थापना गर्न थालिएको छ । नेपाल सरकारले अक्सिजन प्लान्ट स्थापनाका लागि रू. १२ करोड बजेट प्रदान गरेपछि प्रतिष्ठानले प्लान्ट खरीद प्रक्रिया पूरा गरेको छ । आवश्यक सामग्री खरीद भइसकेकाले अबको दश दिनभित्र अक्सिजन प्लान्ट स्थापना गरिने उपकुलपति भण्डारीले जानकारी दिएकी छन् । प्रत्येक बेडमा पुर्‍याइने अक्सिजनका लागि पाइपलाइन विस्तार लगायतका काम सम्पन्न भइसकेका छन् । प्रतिष्ठानले उच्च प्रविधिको एमआरआई मेशिन समेत जडान गर्ने भएको छ । एमआरआई मेशिन जडानका लागि सरकारले प्रतिष्ठानलाई रू. १५ करोड बजेट उपलव्ध गराएको छ ।

स्वामित्व विवादले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अलमलमा

दाङ, वैशाख २ – दाङको घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पताल कस्को स्वामित्वमा रहने भन्ने विवादका कारण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अलम...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पारित

काठमाडौं । व्यवस्थापिका–संसद्को मंगलबार बसेको बैठकले ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७४