राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पहिलोपटक मेरुदण्डको सफल शल्यक्रिया गरिएको छ। घोराही उपमहानगरपालिका–७ सौडियार निवासी ३३ बर्षीया महिलाको प्रतिष्ठानमा मेरुदण्डको सफलतापूर्वक शल्यक्रिया गरिएको हो।

सम्बन्धित सामग्री

जुम्लामा पहिलोपटक मेरुदण्डको शल्यक्रिया

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलोपटक घाँटीको मेरुदण्डको सफल शल्यक्रिया भएको छ। भर्‍याङबाट लडेर घाँटीको मेरुदण्ड भाँचिएका तिला गाउँपालिका–७ घोडिसम गाउँका लोकबहादुर रोकायाकोसफल शल्यक्रिया भएको हो।हाडजोर्नी विशेषज्ञ डा. पुजनकुमार रोकायाको नेतृत्वमा डा. अर्जुन तिवारी, डा. निराजन महासेठ र डा. रमेश भट्टराईको टोलीले घाँटीको मेरुदण्डको सफल शल्यक्रिया गरेका हुन्।  हाडजोर्नी विशेषज्ञ डा. रोकायाले अस्पतालको लागि निकै जटिल र ठूलो शल्यक्रिया भएको बताए।