तीन अर्ब पचास करोड रुपियाँ लगानीमा पश्चिम नेपालमै पहिलो पटक बाँकेमा कागज उद्योग स्थापना शुरु भएको छ । एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिले बाँकेको राप्तीसोनारी गाउँपालिका २ महेन्द्रपुरमा एक्सीलेण्ट पेपर मिल कम्पनी लिमिटेडको नाममा सो उद्योग सञ्चालन हुन लागेको हो ।