महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा १ अर्ब ५० करोडको लागतमा नयाँ कागज उद्योग स्थापना हुने भएको छ । आज आइएमई समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्स ऐण्ड पेपर इन्डष्ट्रि प्रालीको शिलान्यास गरेका छन् । अध्यक्ष ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ, होमनाथ ज्ञवाली लगायतको सो उद्योगमा लगानी रहेको छ । आइएमई समूहद्वारा प्रवर्धित यस उद्योगको आफ्नै ११ बिघा जमिनमा निर्माण हुने भवनमा कारखाना सञ्चालन हुनेछ । उद्योगलाई आवश