महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा रु एक अर्ब ५० करोडको लागतमा नयाँ कागज उद्योग स्थापनाका लागि आज शिलान्यास भएको छ । आज आइएमई समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्स ऐण्ड पेपर इण्डष्ट्रिज प्रालिको शिलान्यास गरेका हुन् । अध्यक्ष ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ, होमनाथ ज्ञवाली लगायतको सो उद्योगमा लगानी रहेको छ । उनीहरूले आज संयुक्तरुपमा उद्योप स्थापनाको शिलान्यास गरेका हुन् । आइएमइ समूहद्वारा प्रवर्धित यस उद्योगको आफ