कपिलवस्तुमा कागज उद्योग र प्राङ्गारिक मल कारखाना खुल्दै

कपिलवस्तुमा कागज उद्योग र प्राङ्गारिक मल कारखाना खोल्ने तयारी गरिएको छ । सो कारखाना खोल्न कपिलबस्तुको विजयनगर गाउँपालिकामा लुम्बिनी प्रदेश योजना आयोगको एक टोलीले अनुगमन गरेको हो । योजना आयोगका सदस्य शिवपुजन यादवकाअनुसार विजयनगर गाउँपालिका –४ स्थित देउपुराको पुर्व सुरई नदीको छेउमा कागज उद्योग र प्राङ्गारिक मल कारखाना खोल्ने तयारी गरिएको बताउनुभयो ।