विश्व अर्थव्यवस्था चुनौतीपूर्ण अवस्थामा छ । विशेषतः कोभिड–१९ को महामारीबाट थलिएको विश्व अर्थतन्त्र तथा सामाजिक जीवनमा सुधार भई सामान्य अवस्थामा नआउँदै रुस–युक्रेन युद्ध हुनु, विश्वका शक्ति राष्ट्रहरूबीच राजनीतिक तथा सामरिक समूहको प्रभुत्व देखाउने प्रवृत्ति बढ्दै जानुले थप समस्या उत्पन्न गराएको छ । अहिले दक्षिण एसियामा बलियो अर्थतन्त्र मानिएका श्रीलंका, पाकिस्तान, माल्दिभ्ससमेत बाह्य तथा आन्तरिक संकटको […]
आर्थिक दृष्टिकोणले सन् २०२२ निक्कै सकसपूर्ण वर्षका रुपमा बितेको छ । कोभिड–१९ को महामारी पूर्ण रुपमा नियन्त्रण हुन सकेन भने रुस–युक्रेन युद्धले विश्व अर्थतन्त्रमा प्रभाव पारेको छ । यो युद्धकै कारण आपूर्ति शृङ्खला खलबलियो भने खाद्य तथा ऊर्जा सङ्कट, पेट्रोलियम पदार्थको उच्च मूल्यवृद्धि, विभिन्न देशले गरेका निर्यात कटौतीले विश्व अर्थतन्त्रलाई सङ्कुचनतर्फ धकेल्यो ।
रुस–युक्रेन युद्ध र कोभिड महामारीले विश्व अर्थतन्त्रमा अरू समस्या थपिँदै गएपछि विश्व अर्थतन्त्र बलियो स्थितिमा फर्किन सकेको छैन । सन् २०२२ जनवरीमा विश्व बैङ्कले सार्व...
देश/विदेश
विकासोन्मुख मुलुकमा वित्तीय विश्वव्यापीकरणको उद्देश्य बलियो विकास र बजेटमा स्थायित्व ल्याउनु रहेको भए पनि ठीक उल्टो परिस्थिति निम्तिएको छ
व्यापार र वित्तीय माध्यमबाट एकताबद्ध भइरहेको विश्व अर्थतन्त्र चार दशकपछि छियाछिया भई...
मंगलबार (अक्टोबर ११ अर्थात् असोज २५ गते) अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पत्रकार सम्मेलनको आयोजना गरेर सन् २०२३ मा विश्वको आर्थिक वृद्धि जम्मा २.७ प्रतिशतमा सिमित रहने अनुमान सार्वजनिक गर्यो । २०२१ मा ६ प्रतिशत रहेको विश्वको आर्थिक वृद्धि २ वर्षमै आधा भन्दा बढीले घट्ने अवस्था आएको आइएमएफको प्रक्षेपण छ ।यद्यपी, चालु वर्ष २०२२ मा भने विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशत रहने अनुमान गरिएको छ ।आइएमएफले विश्वको आर्थिक वृद्धि घट्दै जानुमा विभिन्न कारण पनि दिएको छ । विश्वका सबैजसो मुलुकका केन्द्रीय बैंकहरुले कर्जा प्रवाहमा अंकुश लाग्ने गरी ब्याजदर बढ्ने नीति लिएको र यस्तो नीति लिनुमा सबै देशका केन्द्रीय बैंकहरुले रसिया–युक्रेन युद्धलाई देखाएको आइएमएफको भनाई छ ।सँगै, एक महिना अगाडी सेप्टेम्बर १५ (भदौ ३० गते) मा विश्व बैंकले त झन विश्व आर्थिक मन्दी (ग्लोबल रिसेसन) कै प्रक्षेपण गरेको छ । विश्व बैंकले सन् २०२३ मा विश्व अर्थतन्त्र ०.५ प्रतिशतमा खुम्चिने र यसको ठूलो असर अल्पविकसित देशले भोग्नुपर्ने बताएको छ । विश्व बैंकले त झन केन्द्रीय बैंकहरुले उपभोग घटाउने खालको नीति लिनु नै गलत भएको औल्याएको छ । उपभोग घटाउने नभई उत्पादन बढाउने नीति अख्तियारी गर्न विश्व बैंकले सुझाव पनि दिएको छ । यदि, उत्पादन बढाउन केन्द्रित नभए विश्व अर्थतन्त्रमा आउने मन्दीले बेरोजगारी बढ्ने, गरिबी बढ्ने र भोकमरीको अवस्था सिर्जना हुनेतर्फ विश्व बैंकले सचेत गराएको छ । किन अपनाइयो उपभोग घटाउने नीति ?अमेरिकाको केन्द्रीय बैंक ‘द फेडरल रिजर्भ’ले ब्याजदर बढाउँदा अहिले त्यहाँ कर्जाको ब्याज ३.२५ प्रतिशत पुगेको छ । अहिले विश्वभरका केन्द्रीय बैंकहरूले अमेरिकाको केन्द्रीय बैंकले जस्तै उपभोग घटाउन बस्तुको माग घटाउने र माग घटाउन ब्याजदर बढाउने नीति लिएका छन् । तर, विश्व बैंक भने विश्वभरीका केन्द्रीय बैंकहरुले लिएको नीति आर्थिक वृद्धिका लागि बाधक भएको बताउँछ । जसका कारण विश्वभरी नै आर्थिक मन्दीको जोखिम बढेको दाबी विश्व बैंकको छ । रसिया–युक्रेन युद्धले बजारको माग र आपुर्तिको ‘चेन’ नै बिगारेका कारण आ–आफ्नो देशको अर्थतन्त्रको अवस्था ठिकठाक राख्नका लागि भन्दै सबै देशका केन्द्रीय बैंकहरुले आयात घटाउँदै लैजाने, उपभोग पनि घटाउने र यसका लागि मूल्य बढ्ने गरी ब्याजदर बढाउने नीति लिएका छन् ।नेपालका बैंकहरुको पनि हाल कर्जाको बेस रेट (आधार दर) औसतमा १० प्रतिशतको हाराहारीमा पुगिसकेको छ । यसमा कर्जाको प्रकृति अनुसार ६ प्रतिशतसम्म प्रीमियम जोडिन्छ ।ब्याजदर बढ्दा आर्थिक मन्दी कसरी हुन्छ ?बैंकहरुले निक्षेपमा ब्याज बढाएर बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव हुन नदिन खोजेको भएपनि यसले कर्जाको ब्याजदर क्रमशः बढाइरहेको छ । यतिसम्म की, अमेरिकामा ब्याज बढ्दा एसियाली मुलुकसहित विश्वका ठूला अर्थतन्त्र भएका देशको पूँजी पनि उतै गएको दाबी बैंक अफ इन्डियाका गभर्नर शक्तिकान्त दासले केही समय अघि नै गरेका थिए ।अमेरिकाले ब्याज बढाउँदा विश्वभरीका लगानीकर्ताले डलरमा लगानी बढाउँदा अमेरिकी डलर बलियो बन्दै गएको दाबी पनि अर्थविद्हरुले गरेका छन् । सँगै, निक्षेपमा ब्याज बढ्दा कर्जाको ब्याज पनि बढ्ने भएकाले यसले औद्योगिक वातावरण बिग्रदै जाने अर्थशास्त्रीहरुको चिन्ता छ । एकातिर उत्पादनका लागि आवश्यक कच्चा पदार्थको मूल्य बढ्ने र यसले उत्पादन लागत बढ्दा लगानीकर्ताले उत्पादनमूलक उद्योगमा लगानी गर्न नचाहने हुँदा ब्याजदर बढ्नु भनेको आर्थिक मन्दीको अवस्था सिर्जना हुँदै जानु हो भन्ने धारणामा विश्वभरीका अर्थशास्त्रीहरु एकमत छन् । नेपालमा मन्दीको संकेत देखिन थाल्योविश्व बैंकले सेप्टेम्बर १५ मा आर्थिक मन्दीको चेतावनी दिँदै यसको ठूलो असर अल्पविकसित देशले भोग्नुपर्ने प्रक्षेपण गरिसकेको छ । विश्व बैंकले भने जस्तै नेपालमा आर्थिक मन्दीको संकेत देखिन सुरु भइसकेको अर्थशास्त्रीहरु स्वीकार गर्छन् । अर्थविद् डा. नरबहादुर थापा डलर क्रमशः बलियो हुँदै गएको र नेपाली रुपैयाँ झनझन कमजोर हुँदै गएकाले यसले बाह्य क्षेत्रमा दबाब बढाउँदै लैजाने बताउँछन् । कुल ग्राहस्थ उत्पादनको ३५ प्रतिशत बढी ब्यापार घाटा ब्यहोरिरहेको नेपालले अब आयातमा बढी मूल्य तिर्नुपर्दा ब्यापार घाटा झन बढेर जाने र अर्थतन्त्र समस्यामा परिरहने जोखिम रहेको उनको भनाई छ ।‘डलर बलियो भइरहेको छ, नेपाली रुपैयाँ कमजोर भइरहेको छ’ अर्थविद् डा. थापा भन्छन्, ‘यसले नेपाल जस्तो आयात केन्द्रित अर्थतन्त्र भएको देशको ब्यापार घाटा र चालु खाता घाटा यथावत रहने अवस्था भयो ।’उनले आयात महँगो हुनु भनेको मूल्यवृद्धि हुनु भएकाले यसले नेपालमा महँगी बढाउने देखिएको पनि बताएका छन् । उनले महँगी बढ्दा क्रयशक्ति घट्दै जाने भएकाले दूरदराजमा भोकमरीको जोखिम पनि औल्याएका छन् ।‘विश्वमा आर्थिक मन्दी हुँदा नेपालमा आउने रेमिट्यान्स प्रभावित हुन्छ, नेपालमा आउने पर्यटक आउन सक्दैनन्, वैदेशिक सहयोग र ऋण आउँदैन यसले अर्थतन्त्रमा दबाब बढाउँदै लैजाने देखिन्छ’ डा. थापा थप्छन्, ‘पूरानो वैदेशिक ऋणको साँवा र ब्याज भूक्तानी पनि गर्नैपर्ने हुन्छ । अर्कोतिर, पेट्रोलियम पदार्थ र खाद्यान्नको मूल्य नै बढ्ने भएपछि गरिबी चर्किन्छ ।’
जेठ, १३ काठमाडौं । रुसले युक्रेनमा अतिक्रमण गरेसँगै पछिल्लो समय विश्वभर महँगी बढेको छ ।
खाद्यान्नदेखि इन्धन र मलखादसम्म अधिकांश सामानको भाउ आकाशिएको छ । यसका कारण विश्वभर आर्थिक मन्दी निम्त्याउने र यसलाई रोक्न नसकिने बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकका अध्यक्षले चेतावनी दिएका हुन् ।
विश्व बैंकका प्रमुख डेभिड मालपासले बुधवार अमेरिकामा आयोजित एक व्यापारिक समारोहमा बोल्ने क्रममा यस्तो बताएका हुन् । विश्वव्यापी आर्थिकमन्दी हुन नदिने अवस्था कसरी ल्याउन भन्ने आकलन गर्न गाह्रो भएको उनको भनाइ छ । चीनमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढेको छ । संक्रमण नियन्त्रण गर्न कयौं शहरमा कठोर खालको लकडाउन गरिएको आर्थिक वृद्धिको गति सुस्त हुने चिन्तामा बलियो बन्दै गइरहेको छ ।
मलपासको अभिव्यक्तिलाई विश्व अर्थतन्त्र खुम्चिने जोखिमसम्बन्धी पछिल्लो चेतावनीका रुपमा हेरिएको छ । ‘विश्वव्यापी कुल गार्हस्थ्य उत्पादनहरूलाई हेर्दा... .. मन्दी कसरी छल्छौं भनेर हेर्न कठिन भएको छ,’ मालपासले भनेका छन् । यद्यपि, विश्व अर्थतन्त्रमा कत्तिको संकुचन आउँछ भन्नेबारे चाँहि उनले केही पनि बताएका छैनन् । इन्धनको मूल्य दोब्बर हुन्छ भन्ने परिकल्पना नै आर्थिक मन्दी निम्त्याउन पर्याप्त कारक भएको उनले बताएका छन् ।
गएको महीना विश्व बैंकले यस वर्ष विश्वको आर्थिक वृद्धिको प्रक्षेपण एक प्रतिशत अंकले घटाएर ३ दशमलव २ प्रतिशतमा झारेको थियो । यूरोपका कयौं अर्थतन्त्रहरु रुसी तेल र ग्यासमा निर्भर छन् । तर यिनीहरुले निर्भरता कटौतीको योजना बनाएका छन् । रुसको ग्यास आपूर्ति कटौती गरेमा यूरोपेली क्षेत्रमा उल्लेख्य सुस्ती आउन सक्ने मालपासको भनाइ छ । इन्धनको उच्च मूल्यको कारण जर्मन अर्थतन्त्र यस अघि नै दबाबमा आइसकेको छ ।
शाङ्हाई समेत चीनका कयौं मुख्य शहरमा लकडाउनप्रति पनि उलने चासो देखाएका छन् । चीनको रियल इस्टेट क्षेत्र पहिलादेखि नै खुम्चिरहेको छ । यस्तोमा कोभिडका कारण लगाइएको लकडाउनले चीनको आर्थिक वृद्धिदरमा उल्लेख्य कमी ल्याउने देखिएको छ । एजेन्सीको सहयोगमा
सन् २०२० मा कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण गम्भीर सङ्कट झेलेको विश्व अर्थतन्त्रले यस वर्ष सशक्त सुधारको अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले मंगलबार सार्वजनिक रिपोर्टले सन् २०२१ विश्व अर्थतन्त्र सुधारको लागि महत्वपूर्ण वर्ष बन्ने प्रक्षेपण गरेको छ ।
चीनको अर्थतन्त्र सन् २०२० मा २.३ प्रतिशतले बढेको आँकडा त्यहाँका सरकारी अधिकारीहरूले सोमवार सार्वजनिक गरेका छन् ।
कोरोनाभाइरसले ध्वस्त पारेको वर्षमा आर्थिक वृद्धि गर्ने मुलुक चीन मात्र हो ।
विज्ञहरूले अपेक्षा गरेको भन्दा राम्रो आर्थिक वृद्धि चीनले हासिल गरेको हो । उसले स्वास्थ्य उपकरण निर्यात गरेर अनि आफ्ना प्रतिस्पर्धीहरूसँग मार्केट शेयर नियन्त्रणमा लिएर अर्थतन्त्र बलियो बनाएको हो ।
भाइरस नयाँ नयाँ रूप धारण गर्दै फर्किरहेकाले विश्व अर्थतन्त्र अझै कमजोर अवस्थामा छ र कठोर लकडाउनहरू अझै पनि लगाइएका छन् । तर बेइ...