त्रिशुलीमा कार खस्यो, ३ जना बेपत्ता, एक घाइते

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको कार चितवनको मुग्लिङ नजिकै त्रिशुली नदीमा खसेको छ । कार दुर्घटना हुँदा ३ जना बेपत्ता भएको चितवनका एसपी ओम अधिकारीले रातोपाटीलाई बताए । गएराति ग २ च ४९१८ नम्बरको कार इच्छाकामना गाउँपालिका –५ स्थित मुग्लिङभन्दा अढाई किलोमिटर अगाडी काठमाडौं तर्फबाट त्रिशुलीमा खसेको हो । कार चालक पोखरा मानगरपालिका–१७ घर भएका ५५ वर्षीय प्रेम बहादुर भुजेल, पोखराका लेख बहादुर भुजेल र उनकी पत्नी ईश्वरी भुजेल बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी भइरहेको ए

सम्बन्धित सामग्री

बाजुरामा गोली चल्यो, ३ जना घाइते

कामाठाडौं, ४ मंसिर । बाजुरामा गोली चल्दा तीन जना घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा गोली चल्दा ३ जना घाइते भएका छन् । मतदानका क्रममा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो । घाइतेहरुलाई भने उपचारको लागि अस्पताल लगिएको छ । निर्वाचनको क्रममा बाजुरामा विगतदेखि नै लफडा हुने गरेको […]

बाजुराको त्रिवेणीमा गोली चल्दा ३ जना घाइते

४ मंसिर, बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका-७ मा गोली चल्दा ३ जना घाइते भएका छन् । मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा ३ घाइते भएका बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले जानकारी दिए । उनका अनुसार एक जनाको अवस्था गम्भीर छ भने घाइतेको पहिचान हुन सकेको छैन । घाइतेहरुको नेपाली […]

उर्लाबारीमा झडप हुँदा ३ जना घाइते, एमाले उपाध्यक्षसहित ३ जना पक्राउ

मोरङको उर्लाबारी नगरपालिका–६ स्थित तरुण क्याफे नामक कफी सपमा शुक्रबार साँझमा भएको दोहोरो झडपमा परी ३ जना घाइते भएको छन्।...

चितुवाको आक्रमणबाट स्याङ्जामा ३ जना घाइते

स्याङ्जा । चितुवाको आक्रमणबाट स्याङ्जामा ३ जना घाइते भएका छन् । वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाले शुक्रबार बिहान सवा नौ बजे आक्रमण गरेको स्थानीयले जनाएका छन् । आाक्रमणवाट २ महिला र १ पुरुष घाइते भएका हुन् । वालिङ– १४ का वडाध्यक्ष बोधराज कुँवरका अनुसार वालिङ–१२ का किसान न्यौपाने, वालिङ–१४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाइते […]

स्याङ्जा चितुवाकाे आक्रमणबाट ३ जना घाइते

स्याङ्जा । स्याङ्जाको वालिङ-१४ काे कफ्लेटीमा चितुवाले आक्रमण गर्दा ३ जना मानिस घाइते भएका छन् । आज (शुक्रबार) बिहान ९ बजे गोठमा बाख्रा खान आएको चितुवाले एक्कासी आक्रमण गरेपछि ३ जना मानिस घाइते भएका हुन् । स्थानीय ६८ वर्षीय तुलसी पराजुलीको गोठमा बाख्रा खान आएको चितुवाले पराजुलीलाई घाइते बनाएपछि उनको उद्धारमा पुगेका अन्य स्थानीयबासीमाथि समेत […]

ललितपुरको कबाडी ग्यारेजमा आगलागी‚ ३ जना घाइते

काठमाडौं : ललितपुरको धोबीघाटस्थित एक कबाडी ग्यारेजमा आगलागी हुँदा ३ जना घाइते भएका छन्।धोबीघाट रिङरोडबाहिर रहेको बच्चा साहको कबाडी कारखानामा आज दिउँसो एक्कासी आगलागी हुँदा ३ जना घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।घाइतेको अनुहार जलेको छ। घाइतेको उद्धार गरी उपचारको लागि स्टार अस्पतालमा लगिएको छ।ललितपुरका २ वटा दमकलले आगो निभाउन नसकेपछि काठमाडौं र भक्तपुरबाट पनि दमकल मगाइएको ललितपुर प्रहरीले जनाएको छ।

ललितपुरको धोवीघाटमा आगलागी, ३ जना घाइते

ललितपुरको धोवीघाटस्थित एक कवाडी गोदाममा आगलागी भएको छ । रिङरोड बाहिर रहेको कवाडी गोदाममा आगलागी हुँदा ३ जना घाइते भएका छन् ।  ६५ वर्षीय शिव पोदार र राम आशिष शाहसहित ३ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधीरराज शाहीले रातोपाटीलाई बताए ।आगो नियन्त्रणका लागि दमकलसहित अग्नि नियन्त्रकहरू परिचालन गरिएको छ । घाइतेहरूलाई उपचारका लागि अस्पतालमा लगिएको छ । घाइते कवाडी गोदामका कामदार भएको एसपी शाहीले जानकारी दिए ।

धोविघाटस्थित कवाडी ग्यारेजमा आगलागी हुँदा, ३ जना घाइते

बुधबार दिउँसो धोबिघाट रिङरोडबाहिर रहेको एक कवाडी ग्यारेजमा एक्कासी आगलागी हुँदा ३ जना घाइते भएका छन्।...

कञ्चनपुरमा खुकुरी प्रहारबाट ३ जना घाइते

धनगढी- कञ्चनपुरकाे पुनर्वासमा खुकुरी प्रहारबाट ३ जना घाइते भएका छन्। मंगलबार पुनर्वास नगरपालिका-२ अम्रैयामा एक जनाले खुकुरी प्रहार गर्दा ३ जना गम्भीर घाइते भएका हुन्। प्रहरीका अनुसार घाइते हुनेमा अम्रैयाका ४७ वर्षीय वीरसिंह राना, मोती बस्तीकी ३८ वर्षीया मधु महता र अम्रैयाकी ४५ वर्षीया धनचरा रावत रहेका छन्। उनीहरूलाई पुनर्वास‍-२ अम्रैयाका टेके सार्कीले खुकुरी प्रहार […]

लमजुङमा भूकम्पमा ३ जना घाइते, केही घर भत्किए

लमजुङमा बुधबार बिहान गएको भूकम्पमा परी ३ जना घाइते भएका छन् । प्रहरीका अनुसार जिल्लाका मर्स्याङ्दी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङसहित ३ जना सामान्य घाइते भएका हुन् ।  प्रहरीका अनुसार भूकम्पबाट केही कच्चीघरहरु भत्किएका छन् ।  बुधवार बिहान ५ः४२ बजे लमजुङको भुलभुलेमा केन्द्रविन्दु भएर ५‍.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।  भूकम्पको धक्का राजधानी काठमाडौंसम्म महसूस भएको थियो । लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीमा समेत धक्का महसुस गरिएको थियो ।