ललितपुरको धोवीघाटस्थित एक कवाडी गोदाममा आगलागी भएको छ । रिङरोड बाहिर रहेको कवाडी गोदाममा आगलागी हुँदा ३ जना घाइते भएका छन् । ६५ वर्षीय शिव पोदार र राम आशिष शाहसहित ३ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधीरराज शाहीले रातोपाटीलाई बताए ।आगो नियन्त्रणका लागि दमकलसहित अग्नि नियन्त्रकहरू परिचालन गरिएको छ । घाइतेहरूलाई उपचारका लागि अस्पतालमा लगिएको छ । घाइते कवाडी गोदामका कामदार भएको एसपी शाहीले जानकारी दिए ।