लमजुङमा भूकम्पमा ३ जना घाइते, केही घर भत्किए

लमजुङमा बुधबार बिहान गएको भूकम्पमा परी ३ जना घाइते भएका छन् । प्रहरीका अनुसार जिल्लाका मर्स्याङ्दी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङसहित ३ जना सामान्य घाइते भएका हुन् ।  प्रहरीका अनुसार भूकम्पबाट केही कच्चीघरहरु भत्किएका छन् ।  बुधवार बिहान ५ः४२ बजे लमजुङको भुलभुलेमा केन्द्रविन्दु भएर ५‍.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।  भूकम्पको धक्का राजधानी काठमाडौंसम्म महसूस भएको थियो । लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीमा समेत धक्का महसुस गरिएको थियो ।