सय शय्याको पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा

झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल मंगलबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले संयुक्त रूपमा सो अस्पतालको औपचारिक उद्घाटन गरे। व्यवसायी दुर्गा प्रसाइँले सञ्चालनमा ल्याएको सो अस्पतालले सुरुमा १ सय शय्याबाट सेवा सुरु गरेको होे। निकट भविष्यमै ३ सय शय्यामा स्तरोन्नति गरिने अस्पतालले जनाएको छ।

सम्बन्धित सामग्री

झापाको पूर्वाञ्चल क्यान्सर र भारतको राजीव गान्धी क्यान्सर अस्पतालबीच सम्झौता

झापा, ३१ असार । झापाको पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबीच क्यान्सर उपचारको अनुसन्धान, उपचार, प्रविधि र सुविधा आदान–प्रदानसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादव र राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर डा. सुधीरकुमार रावलले शनिबार आयोजित कार्यक्रममा हस्ताक्षर […]

झापामा क्यान्सर विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन सुरु

झापाको मेचीनगरमा क्यान्सर रोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन ‘पूर्वाञ्चल क्यान्सर कंग्रेस २०२२’ आज सुरु भएको छ । विर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल र नेपाल क्यान्सर फाउन्डेसनले संयुक्तरुपमा आयोजना गरेको सो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत र बङ्गलादेशका दुई सय विशेषज्ञ चिकित्सकको सहभागिता छ ।सो सम्मेलन कात्तिक २० गतेसम्म सञ्चालन हुने पूर्वाञ्चल क्यान्सर अस्पतालका ‘मेडिकल डाइरेक्टर’ एवं सम्मेलनका कार्यक्रम निर्देशक डा वीरेन्द्र यादवले जानकारी दिए । विश्वभरि फै

पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्थाबीच उपचारका लागि सम्झौता

काठमाडौँ,१२ असोज । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउण्डेशनबीच विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि सम्झौता भएको छ । अर्थाभावका कारण क्यान्सर रोगको उपचारबाट बञ्चित नागरिकको निःशुल्क उपचार गर्ने उद्देश्यले अस्पताल र फाउण्डेशनबीच सम्झौता भएको हो । मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दुवै पक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । अनुप्रस्था फाउण्डेशनका नीरन […]

पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्थाबीच उपचारका लागि सम्झौता

झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउण्डेशनबीच विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि सम्झौता भएको छ। अर्थाभावका कारण क्यान्सर रोगको उपचारबाट बञ्चित नागरिकको निःशुल्क उपचार गर्ने उद्देश्यले अस्पताल र...

पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्थाबीच उपचारका लागि सम्झौता

झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउण्डेशनबीच विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि सम्झौता भएको छ।

रेडियम ब्यान्डका गायकलाई ‘ब्लड क्यान्सर’, सहयोगको अपिल

बिर्तामोडको रेडियम ब्यान्डका गायक राजु चौधरीलाई ब्लड क्यान्सर भएको छ । दुई हप्ता अघि बिराटनगरमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था अचानक जटिल बन्दै गएपछि बिर्तामोडस्थित बी एण्ड सी पूर्वाञ्चल क्यान्सर अस्पताल रेफर गरिएको थियो ।  बी एण्ड सी अस्पालतले पनि काठमाडौं रेफर गरेपछि हाल उनको काठमाडौंमा उपचार भइरहेको छ । उनी हाल आइसीयूमा रहेको र उनको उपचारका लागि करिब २५ लाख रुपैयाँ आवश्यक भएको बताइन्छ । उनको आर्थिक स्थिति कमजोर भएका कारण उनलाई सहयोग गर्न साङ्गीतिक क्षेत्रका थुप्रै कलाकार

६ अर्ब लगानीमा क्यान्सर अस्पताल

पूर्वलाई मेडिकल हब बनाउने सपनाझापामा निजी क्षेत्रबाट ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ सञ्चालनमा आएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले क्यान्सर अस्पतालको उद्घाटन गरेसँगै अस्पताल पूर्ण रूपमा सञ्चालनमा आएको हो ।बीएन्डसी अस्पताल परिसरमा ६ अर्ब रुपैयाँको लगानीमा आधुनिक पूर्वाधारसहितको अस्पताल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विदेशीलाई नेपालमा उपचारका लागि आउन आह्वान गरे । “नेपालको उपचार पद्धति विश्वमा […]

आउँदो चुनावमा दुई तिहाई ल्याएर सिंहदरबार फर्किन्छु : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको बताएका छन्। मंगलबार झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई कसैले हटाउन सक्छ भने हट्न तयार रहेको तर त्यो हसज भने न...

प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गरेका छन्। झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एक वर्षअघि सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको एक भव्य समारोहकाबीच मंगलबार दिउँसो प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै पर्यटन मन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, सहरी विकास मन्त्री प्रभु साह, संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, पूर्वमन्त्री महेश बस्नेतसहित राष

मंगलबारबाट औपचारिक रुपमा सञ्चालनमा आउदै पूर्वाञ्चल क्यान्सर अस्पताल

झापा । विर्तामोडमा अत्याधुनिक उपचार सुविधा प्रदान गर्ने लक्ष्यका साथ स्थापित पूर्वाञ्चल क्यान्सर अस्पताल आगामी मंगलबारबाट औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । उक्त दिन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको आज आयोजित पत्रकार भेटघाटमा जानकारी दिईएको छ । अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईँले आज पत्रकार सम्मेलन गरी उदघाटनका लागि सबै... The post मंगलबारबाट औपचारिक रुपमा सञ्चालनमा आउदै पूर्वाञ्चल क्यान्सर अस्पताल appeared first on Purbeli News.