रेडियम ब्यान्डका गायकलाई ‘ब्लड क्यान्सर’, सहयोगको अपिल

बिर्तामोडको रेडियम ब्यान्डका गायक राजु चौधरीलाई ब्लड क्यान्सर भएको छ । दुई हप्ता अघि बिराटनगरमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था अचानक जटिल बन्दै गएपछि बिर्तामोडस्थित बी एण्ड सी पूर्वाञ्चल क्यान्सर अस्पताल रेफर गरिएको थियो ।  बी एण्ड सी अस्पालतले पनि काठमाडौं रेफर गरेपछि हाल उनको काठमाडौंमा उपचार भइरहेको छ । उनी हाल आइसीयूमा रहेको र उनको उपचारका लागि करिब २५ लाख रुपैयाँ आवश्यक भएको बताइन्छ । उनको आर्थिक स्थिति कमजोर भएका कारण उनलाई सहयोग गर्न साङ्गीतिक क्षेत्रका थुप्रै कलाकार