सरकारले २०७९ चैतदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूका लागि पनि सामाजिक सुरक्षा योजना सुरु गरेको छ । पहिलो पटक वैदेशिक रोजगारीमा जानेहरू श्रम स्वीकृति लिँदा नै स्वतः कोषमा आबद्ध हुन्छन् भने विदेशमा काम गरिरहेका र विदेशमा स्वरोजगार व्यक्तिहरू अनलाइनमार्फत कोषमा आबद्ध हुन सक्छन् । अनलाइनमार्फत कोषमा आबद्ध हुने र पैसा जम्मा गर्ने तरिका यो भिडियोमार्फत विस्तृतमा थाहा पाउन सकिन्छ ।