पछिल्लो समय सामाजिक सुरक्षा कोष र बैंकहरूबीचको विवाद उत्कर्षमा छ । बैंकका कर्मचारीहरू यथास्थितिमा कोषमा सहभागी हुन मानिरहेका छैनन् ।
कार्यविधि नै संशोधन गरेर आफूहरूका माग सम्बोधन हुनुपर्ने उनीहरूको अडान छ ।
मंगलवारबाट अधिकांश बैंकका कर्मचारीहरूले आन्दोलन शुरू गरिसकेका छन् । आन्दोलनरत कर्मचारीहरूले अदालतमा मुद्दा समेत दायर गर्ने तयारी गरेका छन् ।
‘माग सम्बोधन गर्नेतर्फ कोषले कुनै पनि कदम चालेन, त्यसकारण हामी अहिले डकुमेन्टेसनको काममा छौं । केही दिनमा अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको छ,’ वित्...