योगदानकर्ताको जीवनमा आइपर्ने सबै खालको आर्थिक असहजताहरूमा एउटा यस्तो प्रणाली विकास होस्, जसले सहजता सृजना गरोस् भन्नका लागि स्थापित गरिएको हो सामाजिक सुरक्षा कोष ।
विश्वका सबैजसो देशमा जहाँ सामाजिक सुरक्षा प्रणालीले काम गरेको छ त्यहाँ योगदानकर्ताको जीवनमा आइपर्ने जोखिमहरू न्यूनीकरणका लागि सामाजिक सुरक्षा प्रणालीले काम गरिरहेको हुन्छ । त्यही विश्वका प्रणालीबाट सिकेर अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को समेत सहयोगमा आईएलओ कन्भेन्सन १०२ ले भनेका सामाजिक सुरक्षाका विभिन्न नौ वटा पक्षमध्ये आठ वटा पक्षलाई समेटेर नेपालमा सामा...