काठमाडौँ : वसन्तपुरको फराकिलो आँगनबाट कुमारीघरतिर लागेपछि देखिन्छ लाखें रेष्टुरेन्ट। लाखें पस्ने सानो गल्लीभित्रै छ बिहार। अनि वरपर छन् नेवारी परम्परागत घरहरु। यिनै घरमध्ये एउटाको भुइँतल्लामा १२ नबज्दै आइपुग्छन्, अन्जना र कमला शाक्य। हातभरि हुन्छ भान्छालाई चाहिने सबै सरसामानका झोला। अनि १२ बजेदेखि जुट्छन् नेवारी परिकार बनाउन।
'भम्चा भुतू' अन्जना…