एमाले काठमाडौं जिल्ला कमिटीको बैठकमा नारा : केपी बा आई लभ यू !

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको बैठकमा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन् । ड्रिम हाउस इन्टरनेसनल पार्टी प्यालेस, नयाँ वस्तीमा आयोजना गरिएको बैठकमा ओली सहभागी भएका हुन् ।  ओली बैठकमा सहभागी भएपछि नेता कार्यकर्ताहरूले उनको स्वागतमा ‘केपी बा आई लभ यू’ भन्दै नाराबाजी गरेका थिए ।  ओली बैठकमा सहभागी हुनुअघि नै एमालेका महासचिव ईश्वर पोखरेलले बैठकलाई सम्बोधन गरेर बाहिरिएका थिए । सम्बोधनको क्रममा पोखरेलले पार्टीको संगठनको अवस्था र गतिविधिका बारेमा जानकारी गराउन निर्दे...

सम्बन्धित सामग्री

‘केपी बा’ सब्सक्राइब गर्ने ओलीको आग्रह

काठमाडौं, ३१ असार । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो युट्युब च्यानल सब्सक्राइब गर्न आग्रह गरेका छन्। आइतबार फेसबुकमा २०५३ सालमा आफू हेलिकप्टर दुर्घटनामा परेर बाँचेको अनुभव लेख्दै उनको ‘केपी बा’ नामक युट्युब च्यानल सब्सक्राइब गर्न आग्रह गरेका हुन्। उनले लेखेका छन् : पाँच हजार फिट माथि उडेको हेलिकप्टरबाट झर्दा मलाई म बाँच्छु जस्तो नै […]

‘केपी बा’ यूट्युब च्यानल सब्सक्राइब गर्न ओलीको आह्वान

३१ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो यूट्युब च्यान ‘केपी बा’ सब्सक्राइब गर्न अपिल गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीले यूट्युब च्यानल सब्सक्राइब गर्न अपिल गरेका हुन् । २०५२ सालको हेलिकोप्टर दुर्घटनाबाट ज्यान जोगिएको संक्षिप्त अनुभव उल्लेख गर्दै ओलीले यूट्युब च्यानल सब्सक्राइब गर्न अपिल गरेका हुन् । ‘मैले मेरो […]

मूर्तिलाई नढोग्नेहरूले ‘आई लभ यू केपी बा’ भनिरहेको नेपालको आरोप

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मूर्तिलाई नढोग्नेहरूले ‘आई लभ यू केपी बा’ भनिरहेको बताए ।आइतबार सुनसरीको इटहरीमा आयोजित अनेरास्ववियु प्रदेश १ को अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले मूर्तिलाई नढोग्नेहरूले आई लभ यू केपी बा भनिरहेको बताएका हुन् । उनले व्यक्तिको देवत्वकरण भइसकेपछि त्यो व्यक्तिले आफूलाई देवता ठान्ने भन्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा […]

‘कमरेड ओली’ बधाई भन्ने कि ‘केपी बा’ बधाई !

चितवनमा सम्पन्न नेकपा (एमाले) को १०औँ महाधिवेशनले केपी ओलीलाई ‘बा’ को रुपमा आदर्श ठन्नेहरू र स्वयं ‘केपी बा’ लाई विजय बनाएर सम्पन्न भएको छ भन्दा फरक नपर्ला । आत्मप्रसंशामा रमाउने...

महाधिवेशनस्थलबाहिर नाराबाजी- ‘केपी बा आई लभ यु’

चितवन- आइतबार राति ढिला गरी महाधिवेशनस्थल पुगेका केपी ओलीका पक्षमा कार्यकर्ताहरुले महाधिवेशनस्थलबाहिर चर्को नाराबाजी भइरहेको छ। उनीहरुले ‘केपी बा आइ लभ यु’ लगायत नारा लगाइरहेका छन्। कार्यकर्ताहरुले ‘१० वर्ष ओलीलाई’ भन्दै नारा लगाइरहेका छन्। उनीहरुले विदेशी शक्तिको आडमा केपी ओलीको विपक्षमा गतिविधिहरु भइरहेको आरोप लगाएका छन्। महाधिवेशनस्थलबाहिर सुरक्षाकर्मीहरु बाक्लो संख्यामा तैनाथ गरिएका छन्।

‘केपी बा आई लभ यू’ भन्ने पंक्ति पनि पार्टीमा अटाउनुपर्छ : महेश बस्नेत

नेकपा एमालेका युवा नेता महेश बस्नेतले ‘केपी बा’ आई लभ यू भन्ने पंक्ति पनि पार्टीमा अटाउनुपर्ने बताएका छन् । सौराहास्थित बन्दसत्र हल परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता बस्नेतले अध्यक्ष ओलीलाई ‘आई लभ यू’ भन्ने पंक्ति पनि पार्टीमा अटाउनुपर्ने बताएका हुन् ।सञ्चारकर्मीहरूसँग बोल्दै बस्नेतले भने, ‘केपी बा आइ लभ यू भन्ने पंक्ति पनि पार्टीमा अटाउनुपर्छ । पार्टीमा सबै समेटिनुपर्छ ।’  बस्नेतले पदाधिकारी चयनमा सर्वसम्मत गर्ने कुरामा बहुपक्षीयतालाई ध्यान दिनुप

‘केपी बा आई लभ यू’ भन्ने पंक्ति पनि अटाउनुपर्छ- महेश बस्नेत

एमाले नेता महेश बस्नेतले केपी बा आई लभ यू भन्ने पंक्ति पनि पार्टीमा अटाउनुपर्ने बताएका छन् । बन्दशत्र हल परिसरमा कुरा गर्दै बस्नेतले पार्टीमा सबै समेटिनुपर्ने बताएका हुन् ।  ‘सर्वसम्मत गर्ने कुरामा बहुपक्षीयलाई पनि ध्यान दिनुपर्छ,’ उनले भने । बस्नेतले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

केपी ‘बा’ का ५ फ्यानका ५ घण्टा

राजकुमार सिग्देल/फणिन्द्र नेपालएमाले अध्यक्ष केपी शर्मा ओली कडा सुरक्षा घेरामा नारायणी किनारस्थित पार्टीको १० औँ महाधिवेशनस्थलमा करिब १२ बजेतिर प्रवेश गरेका थिए । उद्घाटन सत्रका प्रमुख आकर्षण रहेका ओली मञ्चतर्फ अघि बढ्दै गर्दा गेटमै नेता कार्यकर्ताहरूले ‘केपी बा आई लभ यु’ ‘केपी बा हाईहाई’ जस्ता नारा लगाइरहेका थिए । त्यही भिडमा ओलीलाई हेर्न र भेट गर्न पो पाइन्छ कि भन्ने आशामा थिए, ५ विद्यार्थी ।गेटबाट ओलीको गाडीतर्फ एक टकले हेरिरहेका ती ५ विद्यार्थी थिए, रञ्जित तिमल्सिना,

निधारमा केपी बा ! : ओलीको समर्थनमा युवा संघ सडकमा (फोटोफिचर)

पहिलो पटक प्रतिनिधिसभा विघटन हुँदा सत्तारुढ दल निकट युवा संघका नेता कार्यकर्ताले सडकमा ‘आई लभ यु केपी बा’ को नारा लगाए । उनीहरुको सो नाराको निकै चर्चा पनि भयो । अहिले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले फैसला सुनाउन लागेकै पूर्वासन्ध्यामा युवासंघले राजधानीमा प्रदर्शनलगायत आफ्नो गतिविधि बढाएको छ । प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्बिर अंकित स्टिकर निधारमा बनाएर सडकमा देखिएका छन् । राजधानीमा आइतबार भएको

‘केपी बा’ र ‘माधव भाइ’को समानान्तर संवाद !

‘हेलो, केपी बा बोल्नुभएको हो ?’‘हो हो केपी बा नै हो । तर तपाईंको आवाज त केपी बा भन्न नसुहाउने मान्छेको जस्तो लाग्छ, को भाइ बोल्नुभयो त ?‘चिन्नुभएन ? हुन त के चिन्नु हुन्थ्यो र । पहिले त चिने नचिनेझैँ गर्नुहुन्थ्यो । अब त झन् तपाईंको हात माथि परेको बेला ।’‘मेरो त हातखुट्टा, टाउको, बोली सधैं माथि नै हुन्छ । न अहिले, न पहिले । को बोल्नुभयो भन्नुहोस् न ।’‘नामै भन्नुपर्ने भयो है ? माधव नेपाल बोलेको ।’‘माधव नेपाल भनेपछि कुन भाइ बोल्नुभयो त ? अझै राम्रोसँग च...