‘हेलो, केपी बा बोल्नुभएको हो ?’‘हो हो केपी बा नै हो । तर तपाईंको आवाज त केपी बा भन्न नसुहाउने मान्छेको जस्तो लाग्छ, को भाइ बोल्नुभयो त ?‘चिन्नुभएन ? हुन त के चिन्नु हुन्थ्यो र । पहिले त चिने नचिनेझैँ गर्नुहुन्थ्यो । अब त झन् तपाईंको हात माथि परेको बेला ।’‘मेरो त हातखुट्टा, टाउको, बोली सधैं माथि नै हुन्छ । न अहिले, न पहिले । को बोल्नुभयो भन्नुहोस् न ।’‘नामै भन्नुपर्ने भयो है ? माधव नेपाल बोलेको ।’‘माधव नेपाल भनेपछि कुन भाइ बोल्नुभयो त ? अझै राम्रोसँग च...