महाधिवेशनस्थलबाहिर नाराबाजी- ‘केपी बा आई लभ यु’

चितवन- आइतबार राति ढिला गरी महाधिवेशनस्थल पुगेका केपी ओलीका पक्षमा कार्यकर्ताहरुले महाधिवेशनस्थलबाहिर चर्को नाराबाजी भइरहेको छ। उनीहरुले ‘केपी बा आइ लभ यु’ लगायत नारा लगाइरहेका छन्। कार्यकर्ताहरुले ‘१० वर्ष ओलीलाई’ भन्दै नारा लगाइरहेका छन्। उनीहरुले विदेशी शक्तिको आडमा केपी ओलीको विपक्षमा गतिविधिहरु भइरहेको आरोप लगाएका छन्। महाधिवेशनस्थलबाहिर सुरक्षाकर्मीहरु बाक्लो संख्यामा तैनाथ गरिएका छन्।  

सम्बन्धित सामग्री

बन्दसत्र हल अगाडि ओलीको पक्षमा नाराबाजी (भिडिओसहित)

काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली महाधिवेशनको बन्दसत्रस्थलमा प्रवेश गरेका छन् । आफू बसेको होटेल पार्क सफारीबाट पदाधिकारीसहित केन्द्रीय कमिटीको सहमतिको नामको लिष्ट बोकेर अध्यक्ष भर्खरै बन्दसत्र हलमा प्रवेश गरेका हुन् । बन्दसत्रको हल अगाडि भने उनी समर्थकहरुले ”वी लभ यु केपी बा, आज होईन भोलिलाई, दश वर्ष ओली’ लाईजस्ता […]

ओली बन्दसत्रस्थलमा, कार्यकर्ताले लगाए 'वी लभ यू केपी बा' को नारा

चितवन । एमाले अध्यक्ष केपी शर्मा ओली १०औँ महाधिवेशनको बन्दसत्रस्थल पुगेका छन् । ओली हलमा प्रवेश गर्ने क्रममा कार्यकर्ताहरूले उनको समर्थनमा नाराबाजी गरेका थिए ।  उनीहरूले 'वी लभ यू केपी बा, आज होइन भोलिलाई १० वर्ष ओलीलाई, सर्वसम्मत हुनैपर्छ, पार्टी फुटाउने होसियार' लगायतका नारा लगाएका थिए । बिहान १० बजे बोलाइएको बैठक राति १० बजे...

बन्दसत्र स्थलमा पुगे ओली, भीम रावल विरुद्ध कार्यकर्ताको नाराबाजी

१२ मंसिर, काठमाडौं । सौराहामा जारी नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र स्थलमा अध्यक्ष केपी शर्मा ओलीको समर्थन र भीम रावलकाे विरोधमा नाराबाजी भएको छ । बिहान १० बजेका लागि बोलाइएको बन्दसत्र अझैसम्म शुरु हुनसकेको छैन । सहमतिको प्रयासमा नेताहरुसँग दिनभर छलफल गरेका ओली भर्खर बन्दसत्र स्थलमा पुगेका छन् । त्यसक्रममा कार्यकर्ताले ‘केपी बा, आई लभ […]

एमाले काठमाडौं जिल्ला कमिटीको बैठकमा नारा : केपी बा आई लभ यू !

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको बैठकमा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन् । ड्रिम हाउस इन्टरनेसनल पार्टी प्यालेस, नयाँ वस्तीमा आयोजना गरिएको बैठकमा ओली सहभागी भएका हुन् ।  ओली बैठकमा सहभागी भएपछि नेता कार्यकर्ताहरूले उनको स्वागतमा ‘केपी बा आई लभ यू’ भन्दै नाराबाजी गरेका थिए ।  ओली बैठकमा सहभागी हुनुअघि नै एमालेका महासचिव ईश्वर पोखरेलले बैठकलाई सम्बोधन गरेर बाहिरिएका थिए । सम्बोधनको क्रममा पोखरेलले पार्टीको संगठनको अवस्था र गतिविधिका बारेमा जानकारी गराउन निर्दे...

जनकपुरमा सरकारसमर्थित युवाको नारा : अघि बढ्नुस् केपीबा, साथ दिन तयार छौं

जनकपुरधाम : राष्ट्रिय युवा संघ नेपालले सरकारको पक्षमा जनकपुरधाममा समर्थन जुलुस निकालेको छ।एमाले प्रधानमन्त्री केपी शर्मा ओलीसमर्थित युवा संघ नेपालका नेता तथा कार्यकर्ताहरूको शक्ति प्रदर्शनमा 'प्रधानमन्त्री केपी शर्मा ओली जिन्दावाद', 'अघि बढ्नुस् केपी बा, साथ दिन तयार छौं', बिखण्डनकारी शक्ति मुर्दावादलगायतका नारा लगाएका थिए।उनीहरूले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध नाराबाजी गर्दै स्थानी