गत फागुन २१ गते अप्रत्याशित, उदेकलाग्दो र अस्थिरताजन्य किसिमले ‘बाँचुन्जेल उथलपुथल मच्चाइरहने’ सगर्व घोषणा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेससँग माओवादीको गठबन्धन सरकार भत्काएर एमालेसँग अर्को सत्ता गठबन्धन गरेपछिको सरकारले हालै सय दिन पूरा गर्यो ।