कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्व सरकारको सय दिन पूरा भएको छ । कार्कीले प्रदेश सरकारको सयदिने कार्यकालमा मन्त्रालयको संख्या घटाउनुलाई नै मुख्य उपलब्धि मानेका छन् । उनले १३ वटाबाट घटाएर ९ वटा मन्त्रालयको संख्या कायम गरी आर्थिक मितव्ययिता कायम गरेको बताएका छन् ।