लुम्बिनी सरकारको सय दिन : राजधानी व्यवस्थापन र प्रशासनिक खर्च कटौती मुख्य उपलब्धि

दाङ : लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री लिला गिरि नेतृत्वको सरकारले सय दिने उपलब्धि सार्वजनिक गरेको छ। पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता तथा खानेपानी, ग्रामीण तथा शहरी विकासमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारका उपलब्धि सार्वजनिक गर्दै समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनीको आकांक्षा पूरा गर्न प्रदेश सरकारले रणनीतिक उपलब्धि हासिल गर्न सफल भएको बताए।समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनीका दीर्घकालीन लक्ष्य र उद्देश्य पूरा गर्न प्रदेश सरकारले जग बसाउन सफल भएको उनको भनाइ छ। यस्तै प्रदेश राज