पोखरा। गण्डकी प्रदेशको अर्थ, भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयमा किरण गुरुङ, भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था एवं ऊर्जा, जलस्रोत तथा खानेपानी कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्रालयमा रामशरण बस्नेत, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयमा नरदेवी पुन मगर र पर्यटन, उद्योग, वाणिज्य आपूर्ति, वन वातावण तथा भू-संरक्षण मन्त्रालयमा विकास लम्साल तोकिएका छन्।