विभिन्न मुद्दामा सत्तारुढ गठबन्धनको विरोध गर्दै आइरहेको राष्ट्रिय जनमोर्चाले आगामी निर्वाचनमा पनि त्यसलाई निरन्तरता दिने भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीलगायत विषयमा गठबन्धनसँग मतभेद भए पनि सरकारले घोषणा गरेको निर्वाचनमा गठबन्धन नै गरेर जाने पार्टीले उल्लेख गरेको हो । जनमोर्चाले आइतबार विज्ञप्ति जारी गर्दै एमसीसी, नागरिकता विधेयक लगायतमा आफ्नो मतभेद हुँदाहुँदै पनि चुनावमा गठबन्धनका दलहरूसँग तालमेल गर्ने जनाएको छ । जनमोर्चाले भनेको छ, ‘हामीले अहिले चुनावी तालमेल गरेका पक्षहरूसित