काठमाण्डाै – एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लेखेको पत्र सार्वजनिक भएसँगै प्रचण्डको दोहोरो चरित्र पनि छरपष्ट भएको छ । अमेरिकी सहयोग परियोजना 'मिलेनियम च्यालेन्ज कर्पाेरेशन' (एमसीसी) सम्झौतालाई लिएर नेताहरूले देखाउँदै आएको दोहोरो चरित्र एकपछि अर्को उदाङ्ग भइरहेका छन् । प्रधानमन्त्री देउवा र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई पठाएको पत्र सञ्चारमाध्यमबाट सार्वजनिक हुनु सबैभन्दा पछिल्लो घटनाक्रम हो । चार महिनाअघि दुवै नेताले एमसीसी बोर्ड...