मानव अङ्ग प्रत्यारोपण केन्द्रको नामले परिचित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आठसय जनाको सफल मिर्गौला प्रत्यारोपण सम्पन्न भएको छ । मंसिर २० गते सोमबार एकजनाको सफल मिर्गौला प्रत्यारोपण गरेपछि अस्पतालमा मिर्गौला प्रत्यारोपणको सङ्ख्या ८ सय पुगेको हो । २०६९ माघ ६ गते बाट मृगौला प्रत्यारोपण शुरु गरेको केन्द्रले ९ वर्षको अवधिमै ८ सय जनाको सफल प्रत्यारोपण सम्पन्न गरेको हो । बेलायातमा मिर्गौला तथा कलेजो प्रत्यारोपण सम्बन्धि अध्ययन र तालिम गरेका वरिष्ठ शल्यचिकित्सक डा. पुकारचन्द्र श्रेष