ललितकला क्षेत्रको विकासमा राज्यले अझै प्रभावकारी बनाउँदै लैजानु पर्ने उपराष्ट्रपतिको जोड

उपराष्ट्रपति नन्दबहादुर पुनले ललितकला क्षेत्रको विकासको कामलाई राज्यले अझै प्रभावकारी बनाउँदै लैजानु पर्नेमा जोड दिएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय ललितकला प्रदर्शनीको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले ललितकला क्षेत्रको समग्र विकास, त्यसका कलाकारहरूप्रति सम्मान र उनीहरुको भविष्यका लागि राज्यले अझै प्रभावकारी ढंगले काम अघि बढाउनुपर्ने बताएका हुन् ।उनले विश्वमा नेपाल र नेपालीको गौरवलाई बचाई राख्न पनि ललितकलाको माध्यामबाट योगदानहरु पु¥याउँदै जानुपर्ने आवश्यक्ता पनि बोध गराए ।

सम्बन्धित सामग्री

अग्नीजन्य दुर्घटना र हिंसा बढ्दै, कानुन संशोधन गर्न सरोकारवालाको सुझाव

अग्नीजन्य दुर्घटना तथा हिंसा न्यूनीकरण गर्न राज्यले प्रभावकारी पहल गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

अग्निजन्य दुर्घटना र हिंसा बढ्दै, कानुन संशोधन गर्न सरोकारवालाको सुझाव

अग्नीजन्य दुर्घटना तथा हिंसा न्यूनीकरण गर्न राज्यले प्रभावकारी पहल गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

होटेलमा अकुपेन्सी एक तिहाइ मात्र

काठमाडौं। पछिल्लो समय नयाँनयाँ होटेल थपिने क्रम बढेको तर पाहुनाको आमगन त्यसअनुसार नहुँदा यो व्यवसाय घाटामा चलिरहेको व्यवसायीले बताएका छन् । पर्यटक आगमन र सम्बद्ध गतिविधि बढे पनि होटेल व्यवसाय क्षमताको एक तिहाइ अकुपेन्सीमा सञ्चालन भएको व्यवसायीको दाबी छ ।  होटेल एशोसिएशन नेपाल (हान)का अध्यक्ष विनायक शाहले होटेल व्यवसायमा मागभन्दा आपूर्ति बढी हुँदा घाटामा चलाउनुपरेको बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग भेटका क्रममा उनले यस्तो जानकारी गराएका हुन् । विदेशी पर्यटक नेपाल भ्रमणका लागि लालायित र सोधपुछ बढिरहेको भन्दै शाहले थपे, ‘तर, राजमार्ग तथा सडक, हवाई सञ्जाल र यातायातमा रहेको कठिनाइका कारण नेपाल आउने पर्यटक अन्यत्रै जाने गरेका छन् ।’ नयाँ क्षेत्रीय विमानस्थल पोखरा र भैरहवालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सके मुलुकले पर्यटनबाट छिट्टै फड्को मार्न सक्ने उनले बताए । छिमेकी मुलुक चीन र भारत जोड्ने सडक सञ्जालमात्र तयार गर्न सके पनि पर्यटक आगमनको चाप बढ्ने सक्ने भन्दै उनले यी पक्षमा राज्यले छिट्टै ध्यान दिनुपर्नेमा जोड दिए । नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमलाई सशक्त र प्रभावकारी ढंगबाट अन्तरराष्ट्रिय जगतमा मुलुकको पर्यटन प्रवर्द्धनमा सक्रिय बनाउन पनि हानले जोड दिएको छ । भेटका अनवसरमा मन्त्री किराँतीले पर्यटक आगमन सन्तोषजनक भएको बताए । अन्तरराष्ट्रिय जगतमा नेपालबारे राम्रो सन्देश प्रवाह भएको बताउँदै उनले मुलुकलाई समृद्ध बनाउन पर्यटनलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । हवाई सञ्जालसमेत विस्तार गरिने र यसबारेमा सम्बद्ध निकायमा पहलकदमी भइरहेको उनको भनाइ छ । मुलुकको अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीको नेतृत्वमा समिति गठन भई छलफल भइरहेको भन्दै उनले पर्यटन दशकका लागिसमेत गृहकार्य शुरू भइसकेको बताए । पर्यटन बोर्ड सम्बन्धमा सार्वजनिक–निजी–साझेदारीको संरचनाका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको हुँदा त्यसको कार्यान्वयन गर्न व्यवसायीले आग्रह गरे । मुलुकको पर्यटनसम्बन्धी नीति नियमलाई सहजीकरण गर्दै लगानीमैत्री तथा पर्यटनमैत्री बनाउन आग्रह गरिएको छ । हाल संशोधनको क्रममा रहेको क्यासिनो नियमावलीलाई व्यवस्थित र प्रभावकारी बनाई क्यासिनो सञ्चालनमा सहजीकरण गरिनुपर्नेमा पनि व्यवसायीले जोड दिए ।

सूचनामा आम नागरिकको पहुँच बढाउन आग्रह

काठमाडौँ– सूचनाको हकसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि राज्यले कञ्जुस्याइँ गर्न नहुनेमा नागरिक क्षेत्रका संस्थाका प्रमुखहरूले जोड दिएका छन् । सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलन तथा महाधिवेशनको पहिलो सत्रमा वक्ताहरूले आम नागरिकको सूचनामा पहुँच स्थापित नभएमा कानुनको प्रभावकारी कार्यान्वयन नहुने […]

उपराष्ट्रपतिले गरे ललितकला प्रदर्शनीको उद्घाटन

उपराष्ट्रपति नन्दबहादुर पुनले ललितकला क्षेत्रको समग्र विकासको कामलाई राज्यले अझै प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन्। शुक्रबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय ललितकला प्रर्दशनीको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले ललितकला क्षेत्रको समग्र विकास, त्यसका कलाकारहरुप्रति सम्मान र उनीहरुको भविष्यका लागि राज्यले अझै प्रभावकारी ढंगले काम अघि बढाउनुपर्ने बताएका हुन्। उनले विश्वमा नेपाल र नेपालीको गौरवलाई बचाई राख्न […]

ललितकला क्षेत्रको कामलाई राज्यले प्रभावकारी बनाउँदै लैजानुपर्छ : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले ललितकला क्षेत्रको समग्र विकासको कामलाई राज्यले अझै प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् ।  शुक्रबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय ललितकला प्रर्दशनीको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले ललितकला क्षेत्रको...

याक एण्ड यतीको इजाजत खारेजीले गलत सन्देश जान्छ : हान

काठमाडौं (अस) । होटल संघ नेपाल (हान)ले होटल याक एण्ड यतीको इजाजत खारेजीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । मंगलवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई भेटेर हानले पाँचतारे होटलको इजाजत खारेज गर्दा यसले गलत सन्देश जाने बताएको हो । नेपालको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको पाँचतारे होटलको इजाजत खारेजीले पार्ने प्रभावबारे मन्त्रीको ध्यानाकर्षण गराइएको हानले बताएको छ । सरकारको यस निर्णयबाट होटलमा कार्यरत श्रमिक तथा कर्मचारीको पारिश्रमिक तथा करारअन्तर्गत अग्रिम बुकिङ गरिएको सेवा सुविधा उपलब्ध गराउन समस्या भएको हानकी अध्यक्ष सिर्जना राणाले बताइन् । कोभिडको महामारीले पर्यटन व्यवसाय धराशयी भएको अवस्थामा सरकारको उक्त निर्णयले नेपालको पर्यटन क्षेत्रमा लगानीको वातावरणमा समेत असर गर्ने उनले औंल्याइन् । मुलुकको कानून बमोजिम हुने राजस्व तथा अन्य राज्यले प्राप्त गर्ने शुल्क नियम बमोजिम हुने भन्दै अध्यक्ष राणाले होटल सञ्चालनको निरन्तरताका लागि जोड दिइन् । याक एण्ड यती लगायत अन्य होटलको सम्बन्धमा उठेका विषय र निर्णय समेतको बारेमा उनले संघको धारणा राखिन् । होटलले राष्ट्रिय अर्थतन्त्र तथा रोजगारीमा पुर्‍याएको योगदानको कदर गर्न पनि हानले सरकारको ध्यानाकर्षण गराएको छ । कोभिडबाट उत्पन्न यो जटिल परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि हानले सरकारसँग आग्रह गरेको छ ।

सीपसँग टाढिएको शिक्षाको स्तर

सीपमूलक शिक्षाको माध्यमबाट युवालाई देश निर्माणको मार्गमा लैजानका लागि थप प्रभावकारी र सहज कार्यक्रम ल्याएर कार्यान्वयनमा जोड दिनुपर्छ । शिक्षा मानवको समग्र विकासको मेरुदण्ड भएकाले यसको सर्वसुलभतालाई हरेक राज्यले जोड दिएको हुन्छ । हाम्रो सन्दर्भमा शिक्षा नीति पनि समयअनुसार परिवर्तन हुँदै आएको छ । देवशमशेर राणाले छोटो समयमा देशभर १ सय ५० भन्दा बढी विद्यालय […]

खेलकुद महासंघको भेलाद्वारा काठमाडौँ जिल्ला सम्पर्क समिति गठन

काठमाडौँ । अखिल नेपाल खेलकुद महासङ्घको भेलाद्वारा काठमाडौँ सम्पर्क समिति गठन गरिएको छ । खेलकुद महासङ्घका केन्द्रीय संयोजक पृथ्वी थापाको प्रमुख आतिथ्यता तथा वामपन्थी नेता भैरवराज रेग्मीको विशिष्ट आतिथ्यतामा सोमबार सो भेला सम्पन्न भएको हो । भेलामा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुुरी, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, खेलकुद महासङ्घका केन्द्रीय कोषाध्यक्ष कुशल बुढामगर, केन्द्रीय सदस्य अशोकविक्रम जिसी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा ब्याडमिन्टन खेलाडी लालबहादुर थापा र अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार रमेश पौडेलसमेतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि पृथ्वी थापाले खेलाडीलाई राज्यले दोस्रो दर्जाको नागरिक बनाएको प्रसङ्ग जोड्नुभयो । खेलजगत्मा भएको भ्रष्टाचार, अनियमितता र अराजक प्रवृत्तिको उल्लेख पनि उहाँले गर्नुभयो । कोभिड–१९ को महामारीमाझ स्थापना भएको यो महासङ्घले खेलजगत्का सबै गलत प्रवृत्तिका विरुद्ध सङ्घ गर्ने क्रममा नै खेलकुद महासङ्घको संस्थागत विकास हुने दावीसमेत उहाँले गर्नुभयो । वामपन्थी नेता भैरवराज रेग्मीले खेलकुद महासङ्घ निर्माणको आवश्यकता, राज्यले खेलकुद जगत्को जिम्मेवारी नलिएको अवस्था, सत्तासिन राजनैतिक पार्टीले खेलजगत्लाई गलत दिशामा लगिरहेको अवस्था, अन्तर्राष्ट्रिय र सरकारी वा गैरसरकारी खेलकुद संस्थाहरूले खेलिरहेको गलत भूमिकाबारे विस्तृत रूपमा चर्चा गर्नुभएको थियो । खेलको पेसागत विकास र सुरक्षा तथा खेलाडीको जीवनयापनको राज्यद्वारा ग्यारेन्टी हुनुपर्ने आवश्यकतामा समेत जोड दिँदै उहाँले खेलजगत्मा सरकारी–गैरसरकारी तबरबाट भइरहेको अनियमितता र भ्रष्टाचारको चर्चा गर्नुभयो । खेलाडीहरू राष्ट्रको जिम्मेवार नागरिक भएको, अन्तर्राष्ट्रिय जगत्मा खेलाडीले नै राष्ट्रियताको पहिचान दिने गरेको, स्वस्थ र अनुशासित राष्ट्रको नागरिक खेलजगत्बाट नै हुने भएकाले खेलाडीहरू जिम्मेवार हुनुपर्ने कुरामा उहाँले जोड दिनुभयो । भेलालाई सम्बोधन गर्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले भन्नुभयो– यो सङ्गठन राजनैतिक सङ्गठन नभएर खेलजगत्मा रहेका खेलाडीको सङ्गठन भएको र खेलजगत्मा राज्यको भूमिका प्रभावकारी र गलत रहेकाले यस महासङ्घको गठन हुनु खुसी र स्वागतयोग्य कुरो हो । खेलजगत्मा लागेका खेलखेलाडीको दायित्व राज्यले लिनुपर्दछ । हामी राजनैतिक पार्टीले पनि खेलकुद जगत्को विकासका लागि जोड दिनुपर्दछ । यसका लागि नेकपा (मसाल) ले पनि सहयोग र समर्थन ...

‘मौद्रिक नीतिले पूर्वाधार क्षेत्रका समस्या समाधान गर्नुपर्छ’

विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ का कारण समस्यामा परेको भौतिक पूर्वाधारका क्षेत्रलाई पुनः जीवन दिने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।           नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज आयोजना गरेको ‘भर्चुअल’ छलफलमा सहभागीले सरल व्याजदर, पुनःकर्जाको व्यवस्था र केही नीतिगत सुधार गरी कोरोनाका कारण समस्यामा परेका पूर्वाधार क्षेत्रमा नयाँ जीवन दिन सकिने बताउनुभयो । उहाँहरुले एकै स्वरमा भन्नुभयो, “समस्यामा परेको बेला नै हो राज्यले नीतिगत रुपमा प्रभावकारी सुधार गर्ने, केही विषय बजेटमा सम्बोधन भए पनि छुटेका विषयलाई भने मौद्रिक नीतिले समेट्नुपर्छ ।”