याक एण्ड यतीको इजाजत खारेजीले गलत सन्देश जान्छ : हान

काठमाडौं (अस) । होटल संघ नेपाल (हान)ले होटल याक एण्ड यतीको इजाजत खारेजीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । मंगलवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई भेटेर हानले पाँचतारे होटलको इजाजत खारेज गर्दा यसले गलत सन्देश जाने बताएको हो । नेपालको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको पाँचतारे होटलको इजाजत खारेजीले पार्ने प्रभावबारे मन्त्रीको ध्यानाकर्षण गराइएको हानले बताएको छ । सरकारको यस निर्णयबाट होटलमा कार्यरत श्रमिक तथा कर्मचारीको पारिश्रमिक तथा करारअन्तर्गत अग्रिम बुकिङ गरिएको सेवा सुविधा उपलब्ध गराउन समस्या भएको हानकी अध्यक्ष सिर्जना राणाले बताइन् । कोभिडको महामारीले पर्यटन व्यवसाय धराशयी भएको अवस्थामा सरकारको उक्त निर्णयले नेपालको पर्यटन क्षेत्रमा लगानीको वातावरणमा समेत असर गर्ने उनले औंल्याइन् । मुलुकको कानून बमोजिम हुने राजस्व तथा अन्य राज्यले प्राप्त गर्ने शुल्क नियम बमोजिम हुने भन्दै अध्यक्ष राणाले होटल सञ्चालनको निरन्तरताका लागि जोड दिइन् । याक एण्ड यती लगायत अन्य होटलको सम्बन्धमा उठेका विषय र निर्णय समेतको बारेमा उनले संघको धारणा राखिन् । होटलले राष्ट्रिय अर्थतन्त्र तथा रोजगारीमा पुर्‍याएको योगदानको कदर गर्न पनि हानले सरकारको ध्यानाकर्षण गराएको छ । कोभिडबाट उत्पन्न यो जटिल परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि हानले सरकारसँग आग्रह गरेको छ ।

सम्बन्धित सामग्री

‘ह्यात’ चेन ब्राण्ड भित्र्याउने सराफ

काठमाडौं । विगत ६० वर्षदेखि नेपाललाई कर्मभूमि बनाएका राधेश्याम सराफको उपचारको क्रममा मंगलवार भारतमा देहावसान भयो । सराफ नेपालमा पाँचतारे होटलको व्यवसाय शुरू गर्नेमध्ये अग्रपंक्तिमा पर्छन् । सराफले बौद्धस्थित तारागाउँ रिजेन्सी होटलमा अन्तरराष्ट्रिय चेन ब्राण्ड ‘ह्यात’ भित्र्याएका थिए । सन् १९७७ मै उनले लालदरबारमा रहेको रोयल होटलमा व्यावसायिक साझेदारको रूपमा आएका सराफ होटल याक एण्ड यतीका संस्थापक समेत मानिन्छन् । नेपालका पाँचतारे होटल अन्नपूर्ण र सोल्टीपछि याक एण्ड यती सोही स्तरमा सञ्चालनमा आएको थियो । सराफले ६ दशकअघि नेपाल आएर सीट कभरहरू सिलाउने व्यवसाय शुरू गरेका थिए । व्यवसाय विस्तारको क्रममा उनले तारागाउँ विकास समितिको नाममा रहेको जग्गामा सञ्चालित तारागाउँ रिजेन्सी होटलमा सन् २००० मै ह्यात ब्राण्ड भित्र्याएका थिए । उक्त होटलमा सराफ परिवार मुख्य शेयर लगानीकर्ताको रूपमा रहेको छ । सराफको पार्थिव शरीरको बुधवार काठमाडौंको पशुपतिनाथ आर्यघाटमा अन्तिम संस्कार गरिएको कम्पनीका एक अधिकारीले जानकारी दिए । ९२ वर्षको उमेरमा निधन भएका उनको इच्छाअनुसार नै मंगलवार राति विमान चार्टर्ड गरेर काठमाडौं ल्याइएको थियो । सराफ होटल याक एण्ड यतीको ‘रेड हाउस’मा बस्दै आएका थिए । नेपालको होटल उद्योगमा पुर्‍याएको योगदानको कदरस्वरूप तत्कालीन राजा वीरेन्द्रबाट उनी ‘गोरखा दक्षिणबाहु’ पदकबाट सम्मानित भएका थिए । याक एण्ड यती र होटल ह्यातका साथै सराफ परिवारले नेपालमा जलविद्युत् क्षेत्रमा समेत लगानी गरेको छ । यस्तै काठमाडौंको चोभारस्थित मोडर्न इन्डियन स्कुल समेत सञ्चालन गरेको छ । होटल एशोसिएशन नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाह सराफलाई होटल क्षेत्रको ‘पायोनीयर’ व्यक्तिका रूपमा सम्झन्छन् । उनी भन्छन्, ‘नेपालमा सुविधासम्पन्न तारे होटलको शुरुआत उहाँबाटै भएको हो ।’

याक एण्ड यती होटलमाथिको कारवाही फिर्ता लिन हानको माग

होटल संघ नेपाल (हान)ले पाँच तारे होटल याक एण्ड यतीको इजाजत खारेज गर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।संघका अध्यक्ष सृजना राणाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई भेटी कर नतिरेको विषयलाई लिएर याक एण्ड यतीको इजाजत खारेज गर्ने निर्णय फिर्ता लिन आग्रह गरेकी हुन् । अध्यक्ष कुनै पनि व्यक्ति वा […]

याक एण्ड यती होटल सञ्चालनको वातावरण बनाउन हानको माग

काठमाडौं, ४ फागुन । होटल सङ्घ नेपाल (हान)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटी कोभिड–१९ बाट सिर्जित परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि आग्रह गरेको छ । हानका अध्यक्ष सिर्जना राणा नेतृत्वको टोलीले पर्यटनमन्त्री आलेसँग पर्यटन क्षेत्रका समसामयिक विषयवस्तुबारे छलफल गरेको हानले विज्ञप्तिमार्फत जनाएको छ । अध्यक्ष राणाले नेपालको पर्यटन उद्योगको प्रवद्र्धन, […]

याक एण्ड यती होटल सञ्चालनको वातावरण बनाउन मन्त्री आलेसँग हानको माग

होटल सङ्घ नेपाल (हान)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटी कोभिड–१९ बाट सिर्जित परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि आग्रह गरेको छ । हानका अध्यक्ष सिर्जना राणा नेतृत्वको टोलीले पर्यटनमन्त्री आलेसँग पर्यटन क्षेत्रका समसामयिक विषयवस्तुबारे छलफल गरेको हानले विज्ञप्तिमार्फत जनाएको छ । अध्यक्ष राणाले नेपालको पर्यटन उद्योगको प्रवद्र्धन, विकास तथा संरक्षणमा महत्वपूर्ण […]

याक एण्ड यती होटल सञ्चालनको वातावरण बनाउन माग

होटल सङ्घ नेपाल (हान) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटी कोभिड–१९ बाट सिर्जित परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि आग्रह गरेको छ ।हानका अध्यक्ष सिर्जना राणा नेतृत्वको टोलीले पर्यटनमन्त्री आलेसँग पर्यटन क्षेत्रका समसामयिक विषयवस्तुबारे छलफल गरेको हानले विज्ञप्तिमार्फत जनाएको छ । अध्यक्ष राणाले नेपालको पर्यटन उद्योगको प्रवद्र्धन, विकास तथा संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको हानको गतिविधिबारे अवगत गराएका थिए । कुनै पनि

याक एण्ड यती होटल सञ्चालनको वातावरण बनाउन हानको माग

होटल संघ नेपाल (हान)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटी कोभिड–१९ बाट सिर्जित परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि आग्रह गरेको छ । हानका अध्यक्ष सिर्जना राणा नेतृत्वको...

याक एण्ड यती सञ्चालनको वातावरण बनाउन मन्त्री आलेसँग हानको माग

होटल सङ्घ नेपाल (हान) नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटी कोभिडबाट सिर्जित अप्ठ्यारो परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि आग्रह गरेको छ ।

याक एण्ड यती होटल सञ्चालनको वातावरण बनाउन हानको माग

होटल सङ्घ नेपाल (हान)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटी कोभिड–१९ बाट सिर्जित परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि आग्रह गरेको छ । हानका अध्यक्ष सिर्जना राणा नेतृत्वको टोलीले पर्यटनमन्त्री आलेसँग पर्यटन क्षेत्रका समसामयिक विषयवस्तुबारे छलफल गरेको हानले विज्ञप्तिमार्फत जनाएको छ । अध्यक्ष राणाले नेपालको पर्यटन उद्योगको प्रवद्र्धन, विकास तथा संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको हानको गतिविधिबारे अवगत गराएकी थिइन् । कुनै पनि व्यक्ति वा संस्थाले कानुनले निर्धारण...

याक एण्ड यती होटल सञ्चालनको वातावरण बनाउन हानको माग

काठमाडौं । होटल सङ्घ नेपाल (हान) नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटी कोभिडबाट सिर्जित अप्ठ्यारो परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि आग्रह गरेको छ ।

याक एण्ड यती सञ्चालनको वातावरण बनाउन मन्त्री आलेसँग हानको माग

होटल सङ्घ नेपाल (हान) नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटी कोभिडबाट सिर्जित अप्ठ्यारो परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि आग्रह गरेको छ ।