काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भएको भेटघाट नियमित भएको राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले प्रष्ट पारेका छन्। उनले देखापढीसँग भने, "यो नियमित भेटघाट मात्र हो। कोरोनाको रोकथाम र नियन्त्रण गर्नेबारे छलफल भयो। त्यसबाहेक केही छलफल भएन।" आज स्थायी कमिटी बैठक जारी भएकैबेला प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए।