काठमाडौं, २६ फागुन । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जीवी नेपालले नेपालको अर्थतन्त्रमा भोलिको दिनमा धेरै गाह्रो पर्ने अवस्था देखिएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व गभर्नर नेपालले भने, “हाम्रो अर्थतन्त्रको सबभन्दा खराब सूचक के हो भने ६ महिनादेखि लगातार रेमिट्यान्स घटेको घट्यै […]