काठमाडौं : सरकारले छिमेकी मुलुकमा आर्थिक गतिशीलता उल्लेख्य रहेकाले नेपालमा समेत यसले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ। सोमबार आ.व. ०८०/ ०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत र चीन लगायतका छिमेकी मुलुकको आर्थिक गतिशीलता उल्लेख्य रहेकोले नेपालको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा राखेको बताए। साथै उनले केही वस्तुमा लगाइएको बन्देज हटाएपश्चात् ती वस्तुको आयातमा भएको वृद्धि र आर्थिक क्रियाकलाप विस्तारसँगै राजश्व संकलनमा वृद्धि