पोखरामा ‘नगर युवा परिषद्’ गठन गरिएको छ । पोखरा महानगरपालिकाका १० वटा वडामा युवाहरुको क्षमता अभिवृद्धि र सीपमूलक कार्यक्रममा जोड्ने उद्देश्यले नगर युवा परिषद् वडा समिति गठन गरिएको हो । पोखरा महानगरले गत वैशाखमा युवा परिषद् गठन गरेपछि वडास्तरीय समिति गठन कार्य अगाडि बढाइएको हो । महानगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष हरिबोल गौतमले अबको एक महिनाभित्र सबै वडामा युवा नगर परिषद् गठन गरिने बताए । गौतमका अनुसार हाल वडा नम्बर ८ मा सञ्जीव बराल, १० मा विजय घिमिरे, १९ मा अशोक अधिकारी