काठमाडौं । सरकारले राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा तथा साना व्यवसाय स्वरोजगार कोषका कार्यकारी उपाध्यक्षमा डा. कल्याण रोकालाई बर्खास्त गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको काम सन्तोषजनक नभएको भन्दै बर्खास्त गरेको हो ।। केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले उनीहरुलाई नियुक्त गरेको थियो ।
The post राष्ट्रिय युवा परिषद् र स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष बर्खास्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.