काठमाडौं : माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई पनि म्यानेज गर्न नसक्ने ठोकुवा गरेका छन्।शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्रीले संसद् पुनःस्थापना भएपछि तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्नेमा त्यसो नगरी स्वेच्छाचारी ढंगले अघि बढेको टिप्पणी गरे। नेता पौडेलले नेकपा माओवादी केन्द्रबाट ओली सरकारमा मन्त्री बनेकाहरूलाई फिर्ता हुन लिखित निर्देशन दिइएको सुनाए। र, अर्को पार्टीमा लागेको भन्ने सूचना भएकोले त्