प्रधानमन्त्रीको उम्मेदवार भन्दै विज्ञापन गर्ने बेला भएको छैनः देवेन्द्र पौडेल

काठमाडौं, २२ कात्तिक । शिक्षा मन्त्री एवं बागलुङ २ का उम्मेदवार देवेन्द्र पौडेलले चुनावपछि गठबन्धन भत्किने केपी शर्मा ओलीको भविष्यवाणी फेरि पनि नमिल्ने ठोकुवा गरेका छन् । ‘लोकतन्त्रमा आफ्ना कुरा भन्न पाइन्छ । तर ओलीजीले ज्योतिषी शैलीमा विगतमा पनि धेरै कुरा भन्नुभयो, केही पनि मिलेनन् । स्थानीय तहमा सय सिट गुमेको उहाँलाई पत्तै छैन । […]

सम्बन्धित सामग्री

काेराेना जाेखिममा पनि सांसद पाैडेल निर्वाचन क्षेत्रमा

नोबोल कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिरहेका बेला सांसद देवेन्द्र पौडेल निर्वाचन क्षेत्रमा पुगेका छन्। डाक्टर र जनतामा थप मनोबल बढाउने र आवश्यक सामग्री अभाव हुन नदिने उदेश्यले निर्वाचन क्षेत्रका स्वास्थ्यचौकी र पालिकाहरूमा पुगेर निरीक्षण गरेका हुन्।

शक्तिमात्रै चाहियो भनेर एकता गर्दा एकता दिगो हुँदैन

माओवादी जनयुद्धका बेला विभिन्न पदमा बसी काम गरेका देवेन्द्र पौडेल संविधान सभाको निर्वाचन पश्चात सक्रिय राजनीतिमा छन् । संविधान घोषणापछि बनेको नयाँ शक्तिको शीर्षतहमा बसेर नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने र संघीय फोरम तथा राजपाका नेताहरूसँगको एकता वार्तामा सहभागी भई राजनीतिक गतिविधिको अनुभव बटुलेका पौडेल हाल सत्ताधारी नेकपाको स्थायी समिति सदस्यका रूपमा क्रियाशील छन् । प्रतिनिधिसभामा बागलुङबाट प्रतिनिधित्व गर्ने सांसद देवेन्द्र पौडेलसँग समसामयिक राजनीतिक विषयमा कारोबारकर्मी धर्मेन्द्र कर्णले गरेको कुराकानीको सार :

पानीजहाज आउँदैछ, बबण्डर गर्नेबेला भएको छैनः देवेन्द्र पौडेल

२९ साउन, पोखरा । नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका बाग्लुङका सांसद देवेन्द्र पौडेल अहिले गण्डकी प्रदेशमा सक्रिय बनेका छन् । पार्टीका प्रदेश कमिटीहरु र स्थानीय कमिटीको एकता प्रक्रियालाई मूर्त रुपमा दिनका लागि पोखरा आइपुगेका बेला हामीले प्रतिनिधिसभधा सदस्य पौडेललाई पार्टी एकता कहाँ पुग्यो भनेर प्रश्न गर्‍यौं । पार्टी एकता प्रक्रियामा कतै …