राहत सामग्री माग गर्दै पोखरा महानगरपालिका कार्यालय तथा वडा कार्यालय घेराउ र धर्नामा उत्रिएका पोखरा–९ कृष्ण टोलका सुकुम्बासी तथा विपन्न परिवारलाई राहत वितरण गरिएको छ । कोरोना सङ्क्रमण न्यूनीकरणका लागि आह्वान गरिएको जारी लकडाउनका कारणले दैनिक कामकाज बन्द हुँदा आफूहरु प्रभावित बनेको भन्दै वडाका कृष्ण टोलसहित पार्वती टोल, गणतन्त्र टोल र शिवटोलका स्थानीयवासी आन्दोलित भएपछि मङ्गलबार १०० परिवारलाई महानगरपालिकाले वडा कार्यालयमार्फत राहत वितरण गरेको हो ।