सिरहा, सन्हैठाका सुरजलाल यादवलाई स्थानीय तहको निर्वाचनको चटारोले छोएको छैन । जसले जिते पनि जनताका लागि कसैले केही नगर्ने भएकाले आफूलाई चुनावप्रति खासै वास्ता नलागेको उनको भनाइ छ । नेताहरू आफ्नै स्वार्थका लागि चुनाव लडेको उनी बताउँछन् ।उनी त प्रतिनिधि पात्रमात्रै हुन् । उनीजस्तै सयौँ मतदाताको गुनासो उस्तै छ । कमलपुर ईटाटारका सहदेव मुखिया पनि स्थानीय तहका जनप्रतिनिधिका कामबाट पाँच वर्षको अवधिमा सन्तुष्ट छैनन् । उनी भन्छन्, ‘पाँच वर्षसम्म यिनीहरू मुखिया (पालिका अध्यक्ष) भएर काम गरे, तर जनतामा