काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग सत्ताधारी दलहरूलाई फाइदा पुग्ने खालको गतिविधिमा संलग्न भएको आरोप लगाउनुभएको छ । स्थानीय तह चुनावकाे मतपत्रको रङ परिवर्तन गर्ने र उम्मेदवार मनोनयनका लागि दुई दिनको समय दिने निर्णय एउटा दल विशेषलाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले गरेको भन्दै अध्यक्ष ओलीले त्यसप्रति आपत्तिसमेत जनाउनुभयो । आज आइतवार बसेको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै उहाँले स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण ढङ्गले चुनाव सम्पन्न गर्नुपर्न...