काठमाण्डाै – आउँदाे स्थानीय तहको चुनावमा विगतको तुलनामा खर्च बढ्ने निर्वाचन आयोगले बताएको छ । आज मङ्गलवारकाे कुराकानीमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विगतको चुनावकाे तुलनामा आउँदाे वैशाख ३० गते गरिने स्थानीय तहको चुनावमा खर्च बढ्ने बताउनुभएको हो ।
आयोगले चुनाव प्रयोजनका लागि एक सय २० दिन पाउनुपर्नेमा अब मात्र ९०/९५ दिन मात्रै आयोगसँग भएकाले सबै काम 'फास्ट ट्र्याक' बाट गर्नुपर्दा खर्च बढ्ने उहाँले बताउनुभयो । सामान खरिदका लागि लामो समय राखेर प्रतिस्पर्धा गराउन नसक्दा, आयोगको कर्मचारील...