दल दर्ताका लागि सनाखत गर्न नेताहरू निर्वाचन आयाेग पुग्दा... (तस्बिरहरू)

काठमाण्डाै – माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका दल दर्ताका लागि नेताहरू निर्वाचन आयाेग पुगेका छन् । अहिले दुवै दल दर्ताका लागि सनाखत गर्ने काम भइरहेको छ ।  अस्ति (साेमवार) देखि चन्द्रागिरि रिसोर्टमा बसेका नेकपा एकीकृत समाजवादीका नेताहरु सिधै निर्वाचन आयोग पुगेका हुन् । सनाखतको लागि दिउँसो २ बजेसम्मको समय छुट्याइएको छ । सनाखतपछि दल दर्ता प्रक्रिया आजै टुंगो लगाउने निर्वाचन आयोगको तयारी गरेको छ । ...