काठमाण्डाै – निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव बिथोल्ने खालको कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षाको आवश्यक व्यवस्था मिलाउने बताएको छ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेताहरूले चुनाव बिथोल्ने अभिव्यक्ति दिइरहेका बेला आयोगले त्यसो हुन नदिन सचेत रहेको जनाएको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज बुधवार सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा चुनाव बिथोल्ने खालको गतिविधि हुन नदिने गरी सुरक्षा योजना बनाउने बताउनुभयो । उहाँले विप्लव नेतृत्...