काठमाडौँ महानगरपालिकाको पटक पटकको ताकेतापछि लामो समयदेखि ढुक्कले बसेका करदाता कर तिर्न थालेका छन् । कामपाले यही भदौ १५ गतेदेखि पटकपटक कर तिर्न करदातालाई पत्राचार गरेको थियो । पत्राचार र कामपाको पटकपटकको ताकेताका आधारमा अहिलेसम्म रु ८४ लाख ३४ हजार असुल भएको कामपा राजश्व विभागका प्रमुख डा शिवराज अधिकारीले जानकारी दिनुभयो । “अहिलेसम्म जति पनि …