नयाँदिल्ली । भारतको उत्तर प्रदेशको राजधानी लखनउमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । के.टी. अक्सिजन प्लान्टमा सिलिन्डरमा अक्सिजन भर्ने क्रममा भएको सो विस्फोटमा कम्तीमा ७ जना घाइते भएका भारतीय सन्चारमाध्यमले जनाएका छन् ।
ज्यान गुमाउनेमा एक प्लान्टका कर्मचारी र अर्का अक्सिजन भर्न आएका व्यक्ति रहेका छन्...