ललितपुर महानगरपालिका–६ पाटन औद्योगिक क्षेत्रको सगरमाथा अक्सिजन प्रालिमा अक्सिजन भर्ने क्रममा सिलिन्डर विस्फोटबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । बिहीबार बिहान अक्सिजन सिलिन्डर विस्फोट हुँदा प्लान्टका कामदार भारत पश्चिम चम्पारम जिल्ला रतनपुरुवा गाउँका४५ बृज महतोको मृत्यु भएको थियो ।