भवन निर्माणमा ढिलाइ हुँदा अस्पतालको स्तरोन्नतिमा समस्या

रोल्पा – रोल्पा अस्पतालको भवन समयमै निर्माण हुन नसक्दा स्तरोन्नतिका लागि समस्या भएको छ । गएको असोजमै निर्माण सम्पन्न हुनुपर्ने अस्पताल भवन अहिलेसम्म पनि निर्माण नहुँदा १५ शैयाको रोल्पा अस्पताललाई ५० शैयामा स्तरवृद्धि गर्न समस्या भएको हो । निर्माण व्यवसायीको लापरबाहीका कारण दुई वर्ष अघिदेखि सुरु भएको भवन सम्झौता अवधि सकिदा पनि निर्माण सम्पन्न हुन नसकेको अस्पतालले जनाएको छ । अस्पतालको भवन निर्माण गर्ने जिम्मा २०७५ असोजमा श्री जयन्ती निर्माण कम्पनीले लिएको थियो । तोकिएको अवधि सकिएको चार महिना बितिसक्दासम्म पनि ८० प्रतिशत म...

सम्बन्धित सामग्री

बेनी अस्पताल पूर्वाधार निर्माणमा ढिलाइ

म्याग्दी– बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ । अस्पताल भवन निर्माणमा ढिलाइ हुँदा नयाँ उपकरण लिएर सेवा विस्तार गर्न समस्या भएको छ । क्षमता विस्तारअनुसार दरबन्दी र दरबन्दी अनुसारका जनशक्ति छैनन् । ६ वर्षदेखि अस्थायी टहरामा सञ्चालन भएको अस्पतालमा विभिन्न तहका ५९ जनाको दरबन्दी रहेकामा हाल १७ जनामात्र कार्यरत रहेको अस्पतालका प्रमुख […]

प्रसारण लाइन निर्माणमा ढिलाइ

तनहुँ– तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण नीतिगत समस्याका कारण ढिलाइ भएको छ । वनमन्त्रालयसँग देखिएको समस्या कारण सो आयोजनाको प्याकेज–३ अन्तर्गतको काममा ढिलाइ भएको हो । प्रसारण लाइन निर्माणका लागि विसं २०७७ असोजदेखि काम सुरु भएको थियो । यो प्याकेजको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । […]

कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणमा ढिलाइ

काठमाडौं । कालीगण्डकी र आसपासका क्षेत्रमा निर्माण भएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने प्रसारण लाइन निर्माणमा ढिलाइ भएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोरको दुई सय २० केभी प्रसारण लाइन निर्माण तत्काल गर्न आयोजना व्यवस्थापन पक्ष र निर्माण व्यवसायीलाई ताकेता गरेको छ । सो आयोजनाको निर्माण गत असारमा गर्ने लक्ष्य थियो । रुख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ, स्थानीयवासीको अवरोध र निर्माण व्यवसायी भारतीय कम्पनी एल एण्ड टीको कमजोर कार्यसम्पादनका कारण आयोजना निर्माणमा ढिलाई भएको प्राधिकरणले जनाएको छ । उक्त आयोजना निर्माणमा ढिलाइ भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार निर्माणस्थल अनुगमन गरी आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या र समाधानका उपायबारे छलफल गरेका थिए । छलफलअनुसार प्रसारण लाइनको निर्माण यही साउनभित्रमा गर्ने नयाँ तालिका तय गरिएको छ । छलफलमा कार्यकारी निर्देशक घिसिङले जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि कालीगण्डकी करिडोर प्रसारण लाइन अत्यन्तै महत्वपूर्ण र संवेदशील रहेकाले जुनसुकै अवस्थामा पनि साउनभित्र सम्पन्न गर्न निर्देशन दिए । उनले यो लाइन बनेपछि म्याग्दी, पर्वत, कास्की र लमजुङ जिल्लामा निर्माण भएका जलविद्युत् आयोजनाहरुको विद्युत् प्रवाह गर्न सहज हुने उल्लेख गरे । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट शुरूभई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ भूमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको एक सय २७ किलोमिटर डबल सर्किट प्रसारण लाइन आयोजना दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको ३९ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । पहिलो खण्डमा नै खुर्कोटमा दुई सय २०/एक सय ३२ केभी र दानामा दुइ सय २०/एक सय ३२/३३ केभी सबस्टेसन निर्माण भइसकेका छन् । दोस्रो खण्डअन्तर्गत कुश्माबाट नयाँ बुटवल सबस्टेसनसम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । यस खण्डमा पर्ने दुई सय ३५ वटा टावरमध्ये दुई सय ३४ वटा निर्माण भइसकेका छन् । रुपन्देहीको देवदह क्षेत्रमा एउटा टावर निर्माणाधीन अवस्थामा छ । पर्वत, पाल्पा र रुपन्देहीमा गरी गरिब सात किलोमिटर तार तान्न बाँकी छ । आयोजनाअन्तर्गत नवलपरासीको सुनवल नगरपालिका–१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म दुई सय २० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनका लागि टावर निर्माण गरी करिब आठ किलोमिटर डबल सर्किट तार तानिएको छ । कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण शुरूगरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार दुई सय मेगावाट विद्युत् प्रवाह गर्न सकिन्छ । नयाँ बुटबल–बर्दघाट प्रसारण लाइन पुसभित्र      नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनबाट बर्दघाटसम्मको २२० केभी प्रसारण लाइन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृतिको निर्णय प्रक्रियामा भएको ढिलाइका कारण आयोजनाको निर्माणमा असर परेको थियो । अहिले आयोजनाले रुख कटानका लागि अनुमति पाइसकेको छ । प्रसारण लाइनका टावर र मार्गधिकार (राइट अफ वे) लागि ५०दशमलव ३१ हेक्टर वन क्षेत्रको जग्गा र त्यहाँ रहेका पाँच हजार आठ सय रुख हटाउनु पर्नेछ । आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख हटाएवापत रु २७ करोड ९९ लाख ४९ हजार वन विकास कोषमा जम्मा गर्नु पर्ने छ । यसमध्ये आयोजनाले पहिलो किस्तावापत रु तीन करोड ५१ लाख कोषमा गरेपछि जग्गा प्रयोग र रुख कटानको स्वीकृति प्रक्रिया अगाडि बढेको थियो । कूल २१ किलोमिटर प्रसारण लाइनका लागि ५६ वटा टावर निर्माण गर्नु पर्नेछ । यसमध्ये २१ वटाको जग हालिएको छ । पाँच वटा टावर खडा गरिएको छ । प्रसारण लाइनका अधिकांश उपकरण आयोजनास्थलमा आपूर्ति भइसकेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा रहेको समस्या समाधान भइसकेकाले जनशक्ति थप गरी आगामी पुसभित्र निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए । उनले नवलपरासीको सुनवल नगरपालिका–१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म दुई सय २० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनमध्ये आयोजनाले तान्नुपर्ने डबल सर्किट तार तान्न निर्देशन दिए । आयोजनाअन्तर्गत भूमहीमा दुई सय २०/एक सय ३२ केभी नयाँ बुटवल सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ । रासस

सडक निर्माणमा ढिलाइ हुँदा आवागमनमा समस्या, ब्यापार चौपट्ट

बखतियार अलि. सर्लाही,बैशाख १८ । सर्लाहीका २० वटा पालिकाका मुख्य सडक क्षेत्रमा भइरहेको नालासहितको सडक निर्माणकार्यमा ढिलाइले पैदल यात्रु र सवारी साधनहको आवागमनमा समस्या भएको हो । राष्ट्रिय गौरवका आयोजना हरिपुर्बा नगरपालिका देखि पर्सा गाउपालिका, ब्रहम्पुरी गाउपालिका देखि सदरमुकाम मलंगवा र वडा न ९ स्थित श्रीमती कृष्णादेवी जनता माद्यामिक विद्यालय देखि वडा न ८ स्थित […]

आईसीपी निर्माणमा ढिलाइ

बाँके । बाँकेको नेपालगञ्जमा निर्माणाधीन एकीकृत भन्सार जाँचचौकी (आईसीपी)को काममा ढिलाइ भएको छ । हालसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको भारतीय निर्माण कम्पनी राजदीप बिल्डकोन प्रालिले बताएको छ । नेपाल र भारत सरकारबीच १७ वर्षअघि भएको सम्झौताअनुसार भारतले उक्त आईसीपीको निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ, जसअनुसार नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा राजदीपले १ अर्ब ४७ करोड भारतीय रुपयामा २ वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७७ पुसदेखि काम शुरू गरेको थियो । समयमा काम सम्पन्न हुन नसकेपछि २०८० जेठसम्मका लागि म्याद थप गरिएको छ । बाँकेमा क्रसर उद्योग बन्द भएकाले निर्माणमा समस्या भएको राजदीपले बताएको छ । कम्पनीका अनुसार क्रसर उद्योग बन्द हुँदा निर्माण सामग्रीको अभाव भएको छ । जिल्ला प्रशासन कार्यालय बाँके र संघीय आयोजना कार्यान्वयन इकाइले पनि क्रसर उद्योग बन्द भएकाले निर्माण सामग्रीको आपूर्ति प्रभावित भएको स्वीकारेका छन् । जिल्ला प्रशासन कार्यालय प्रमुख सूर्यबहादुर खत्रीका अनुसार बाँकेमा २६ ओटा क्रसर उद्योग छन् । ती उद्योगहरू विभिन्न कारणले बन्द भएको खत्रीले बताए । ‘क्रसर उद्योग बन्द रहँदा आईसीपी निर्माणका लागि आवश्यक पर्ने सामग्री सहज रूपमा उपलब्ध नभएको भन्ने गुनासो आइरहेको छ, यो समस्या बाँकेमा मात्र नभएर देशव्यापी नै देखिएको छ,’ उनले भने । आईसीपी निर्माणका लागि पुन: थप गरिएको समय सकिन अब ४ महीना बाँकी छ । लगभग ३ वर्षको समयमा ८० प्रतिशत काम सम्पन्न गरेको कम्पनीले समयमा निर्माण सम्पन्न हुने दाबी गर्दै आएको छ । यता, संघीय आयोजना कार्यान्वयन इकाइका आयोजना प्रमुख खड्गबहादुर चौधरीले यसपटक समयमा काम सम्पन्न हुने बताए । ‘आईसीपी निर्माणमा हाम्रो समन्वय भइरहेको छ । प्रगति विवरण पनि लिइरहेका छौं । समयमा काम सम्पन्न हुन्छ,’ उनले भने । निर्माण सामग्रीको अभावले समयमा निर्माण सम्पन्न गर्न चुनौती देखिएको छ । निर्माणकोे प्रगति मासिक ३ प्रतिशत छ, जसअनुसार अबको ४ महीनामा बाँकी २० प्रतिशत काम सम्पन्न गर्न निर्माण कम्पनीलाई सहज छैन । भारततर्फको आईसीपी निर्माण भने सम्पन्न भइसकेको छ । निर्माणाधीन आईसीपीको कुल क्षेत्रफल ८६ बिगाहा हो, जसमा १९ दशमलव ५० बिगाहा क्षेत्रफलमा २ दशमलव २ किलोमिटर पक्की सडक निर्माण भइसकेको छ । बाँकी ६६ दशमलव ५० बिगाहा क्षेत्रफलमा करीब डेढ दर्जन संरचना निर्माण भइरहेको छ । आईसीपीभित्र गोदाम, पशु तथा प्लान्ट क्वारेन्टाइन, सवारी पार्किङ स्थल, शौचालय, प्रवेशद्वार, पानी ट्यांकी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय लगायत संरचना बन्दै छन् ।

नेपालगन्जको राप्ती खानेपानी आयोजना निर्माणमा ढिलाइ

नेपालगन्ज उपमहानगरपालिकामा खानेपानीको समस्या दिगो रुपमा समाधान गर्न भन्दै ५ वर्षदेखि राप्ती खानेपानी आयोजना सञ्चालित छ । राप्ती नदीबाट प्रतिदिन २ करोड ५० लाख लिटर पानी नेपालगन्ज सहरमा ल्याएर खानेपानी समस्या समाधान गर्ने योजनाअघि बढाइए पनि आयोजना निर्माण कार्यमा ढिलाइ भएको छ ।२ वर्षभित्र सम्पन्न हुने गरी आर्थिक वर्ष २०७३/०७४ सालदेखि सुरु भएको आयोजना पाइप […]

एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाइ

बाँके । पश्चिम नेपालको प्रमुख नाका नेपालगञ्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाइ भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा निर्माणाधीन एकीकृत जाँच चौकी निर्माणको काम एकदमै सुस्त गतिमा भइरहेको छ । एक वर्षमा १५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इन्जिनियर होमनाथ भुसालले जानकारी दिए । उनका अनुसार भारत सरकारको दुई अर्ब ३५ करोडमा भारतकै राजदीप विल्डकन प्रालिले दुई वर्षमा सक्नेगरी काम थालेको छ । कम्पनीले काम थालेको एक वर्ष बित्दा पनि निर्माणले गति लिन सकेको छैन । एकीकृत भन्सार जाँच चौकी निर्माण कार्यमा ढिलाइ हुँदा मालवाहक सवारीसाधन जाँचपासमा समस्या हुनुका साथै क्वारेन्टाइन, अध्यागमन, खाद्य प्रविधिलगायत भन्सारसँग सम्बन्धित काममा कठिनाइ हुन पुगेको छ । कोरोनाले काममा चार महिना ढिलाइ गरेको भन्दै निर्माण कम्पनीले भारत सरकारसँग चार महिना थप समय माग गरेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इन्जिनियर भुसालले बताए । अहिले एकीकृत जाँच चौकीसम्म पुग्ने सडक र पर्खाल लगाउने काम सँगसँगै भइरहेको छ । दुई दशमलव दुई किलोमिटर लम्बाइ र ६० मिटर चौडाइ भएको उक्त सडकमा बीच बिन्दुबाट १२ मिटर कालोपत्र गरिने इन्जिनियर भुसालको भनाइ छ ।      ८८ बिघा क्षेत्रमा फैलिएको आइसीपीमा भन्सार, अध्यागमन, प्लान्ट तथा पशु क्वारेन्टाइन, बैंक, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेकलगायत संरचना निर्माण गरिनेछ । एकै ठाउँबाट सम्पूर्ण सेवा प्रदान गर्ने उद्देश्य रहेकाले जाँच चौकी निर्माणसँगै ट्राफिक जाम नहुनुका साथै व्यापारीलाई ठाउँ–ठाउँमा जाँचको लागि जाने झमेला नहुने नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । सन् २००५ मा एकीकृत भन्सार जाँच चौकी निर्माण गर्न नेपाल–भारतबीच सम्झौता भएको थियो । नेपालको विराटनगर, वीरगञ्ज, भैरहवा र नेपालगञ्जमा आइसीपी निर्माण गर्ने सम्झौता भएको थियो । विराटनगर र वीरगञ्जमा निर्माण सम्पन्न भई सञ्चालनमा आइसके पनि नेपालगञ्ज र भैरहवाको काम सँगसँगै अगाडि बढेको इन्जिनियर भुसालले जानकारी दिए । रासस

अस्पताल भवन निर्माणमा ढिलाइ

रोल्पा (अस) । रोल्पा अस्पतालको भवन निर्माणमा ढिलाइ भएको छ । २०७७ असोजमै निर्माण सम्पन्न हुनुपर्ने अस्पताल भवन हालसम्म पनि सम्पन्न हुन सकेको छैन । भवन निर्माण पूरा नहुँदा १५ शय्याको रोल्पा अस्पताललाई ५० शय्यामा स्तरवृद्धि गर्न समस्या भएको छ । भवन निर्माणका लागि पटक–पटक ताकेता गर्दा पनि ठेकेदारले विभिन्न बहाना देखाउँदै काममा ढिलाइ गरेको पाइएको छ । भवन अभावका कारण पार्किङ स्थललाई समेत वार्डको रूपमा प्रयोग गर्नुपर्ने बाध्यता रहेको रोल्पा अस्पतालका मेडिकल अधिकृत डा. प्रतिभा सुवेदीले बताइन् । अहिलेकै गतिमा निर्माण भए अझै दुई वर्षसम्म पनि सम्पन्न हुने अवस्था नभएको भन्दै ठेकेदारलाई दबाब दिन सरोकारवालासँग अस्पतालले आग्रह गरेको छ । कुल २९ करोड ५१ लाख २२ हजार रुपैयाँ लागतमा अस्पताल भवन निर्माणको जिम्मा २०७५ असोजमा श्री जयन्ती निर्माण कम्पनीले पाएको थियो । भवन निर्माण विभागले उक्त ठेक्काको म्याद पटक–पटक थप गर्दै आएको छ ।

ठेकेदारको लापर्बाहीले रोल्पा अस्पताल भवन निर्माणमा ढिलाइ

राेल्पा – ठेकेदारको लापरबाहीका कारण रोल्पा अस्पतालको भवन निर्माणमा ढिलाइ भएको छ । २०७७ असोजमै बनिसक्नुपर्ने अस्पतालको भवन अहिलेसम्म पनि बनेको छैन ।  १५ शय्याको रोल्पा अस्पताललाई ५० शय्यामा स्तरवृद्धि गर्ने तयारी भए पनि भवनको अभाव छ । भवन बनाउन पटक–पटक ताकेता गर्दा पनि ठेकेदारले विभिन्न बहाना देखाएर काममा ढिलाइ गर्दा अस्पतालको सेवामा समस्या हुँदै आएको छ । भवन अभावका कारण पार्किङ स्थललाई समेत वार्डको रुपमा प्रयोग गर्नुपर्ने बाध्यता रहेको रोल्पा अस्पतालका मेडिकल अधिकृत डा. प्रतिभा...

चार वर्षदेखि ढुंगा नपाउँदा महाकालीमा पुल निर्माणमा ढिलाइ (भिडियोसहित)

दुर्गा उपाध्यायकञ्चनपुर । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणमा ढिलाइ हुने भएको छ । पक्की पुलसँगै निर्माण गरिने पोखरीको तटबन्धका लागि आवश्यक ढुङ्गा उपलब्ध नहुँदा पुल निर्माणमा समस्या देखिएको हो । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुललाई सुदूरपश्चिमकै विकासको मेरुदण्डको रुपमा हेरिएको छ । तोकिएको समयमै निर्माण सम्पन्न हुने लक्ष्य राखिएको चार […]