राेल्पा – ठेकेदारको लापरबाहीका कारण रोल्पा अस्पतालको भवन निर्माणमा ढिलाइ भएको छ । २०७७ असोजमै बनिसक्नुपर्ने अस्पतालको भवन अहिलेसम्म पनि बनेको छैन । १५ शय्याको रोल्पा अस्पताललाई ५० शय्यामा स्तरवृद्धि गर्ने तयारी भए पनि भवनको अभाव छ ।
भवन बनाउन पटक–पटक ताकेता गर्दा पनि ठेकेदारले विभिन्न बहाना देखाएर काममा ढिलाइ गर्दा अस्पतालको सेवामा समस्या हुँदै आएको छ । भवन अभावका कारण पार्किङ स्थललाई समेत वार्डको रुपमा प्रयोग गर्नुपर्ने बाध्यता रहेको रोल्पा अस्पतालका मेडिकल अधिकृत डा. प्रतिभा...