२२३१.५७ विन्दुमा परिसूचक, १ अर्ब ४ करोडको कारोबार भएको बजारमा अपर तामाकोशीको सर्वाधिक किनबेच

जेठ ११, काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १४ दशमलव ३७ अंक बढेर वन्द भएको छ । यो दिन नेप्से परिसूचक २ हजार २३१ दशमलव ५७ विन्दुमा बन्द भएको हो ।  यो दिन कारोबारमा आएका २२६ ओटा धितोपत्रको २६ लाख ९४ हजार ४२९ कित्ता शेयर २२ हजार ३१ पटकमा रू. १ अर्ब ४ करोड ४६ लाख २६ हजार ९३९ दशलमव ४६ बराबरको शेयर किनबेच भएको छ ।  मंगलवार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पूँजी बजारलाई प्रथामिकता दिएको छ । सोही कारण बुधवार बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । केही दिन यता बजार धेरै नै घटिसकेको छ र कम्पनीहरुको शेयर मूल्य न्यून विन्दुमा झरेको छ । यसले गर्दा पनि अब बजारमा विस्तारै खरीदकर्ता आउनेछन् ।  यसोत पछिल्लो समय वित्तीय प्रणालीमा तरलता अभाव लगायत नीतिगत सुधार हुन नसक्दा नराम्रोसँग प्रभावित भएको हो । विशेष गरी शेयर धितो कर्जामा ४-१२ करोडको सीमा लागू र बैंकलाई अल्पकालिन रुपमा शेयर कारोबारमा बन्देज लगाएसँगै बजार प्रभावित भएको थियो ।  अब यी नीतिगत विषयलाई आगामी बजेट मार्फत संशोधन गरेमा शेयर बजार फेरी उकालो यात्रा गर्ने शेयर विश्लेष बताउँछन् । यद्धपि बजार घटबढ भइरहन्छ । कारोबारमा आएका २२६ धितोपत्रमध्ये सबैभन्दा बढी बलेफी हाइड्रोपावरको शेयरमूल्य ५ दशमलव ९२ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ११० दशमलव ९० पुगेको हो । यस कम्पनी धितोपत्रको दोस्रो बजारमा आएको बुधवार पहिलो दिन हो । सोही कारण पनि कम्पनीको शेयरमा खरीदकर्ता आकर्षित भएका हुन् ।  त्यसैगरी दोस्रोमा मैलुङखोला जलविद्युत् कम्पनीको शेयरमूल्य ५ दशमलव ८४ प्रतिशत वृद्धि भएर रू. ५२९ पुगेको छ । त्यसैगरी बुधवार कर्पोरेट डेभलपमेण्ट बैंकका शेयरधनीले धेरै गुमाएका छन् । कम्पनीको शेयरमूल्य सबैभन्दा बढी ७ दशमलव १३ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३९२ मा झरेको हो । त्यसैगरी दोस्रोमा लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ३ दशमलव ४९ प्रतिशत घटेर रू. १ हजार २७० दशमलव १० कायम भएको छ ।  बुधवार सर्वाधिक शेयर खरीदविक्री अपर तामाकोशी हाइड्रोपावर कम्पनीको भएको हो । कम्पनीको रू. ८ करोड ३४ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५२९ दशमलव ९० कायम भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रो कम्पनीमा अरुण काबेली पावरको रू. ४ करोड ७१ लाख बराबरको भएको हो ।  कारोबारमा आएका १३ ओटा समूहगत परिसूचक बढेसँगै समग्र नेप्से परिसूचक बढेको हो । १३ समूहगत परिसूचक मध्ये सबैभन्दा बढी व्यापार समूहको परिसूचक १ दशमलव ५३ प्रतिशत वृद्धि भएको छ ।  त्यसैगरी अन्य समूहको शून्य दशलमव ५३ प्रतिशत, निर्जीवन बीमा समूहको १ दशमलव ४३ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशमलव ४८ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ६४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ५७ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ६२ प्रतिशत, लगानी समूहको शून्य दशमलव १६ प्रतिशतका दरले वृद्धि भएको छ । यसैगरी हाइड्रोपावर समूहको १ दशमलव १९ प्रतिशत, वित्त समूहको शून्य दशमलव ५८ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ६६ प्रतिशत र बैंकिङ समूहको परिसूचक शून्य दशलमव ५३ प्रतिशतका दरले वृद्धि भएको हो । होटल एण्ड टुरिजम समूहको परिसूचक भने स्थिर रहेको छ । 

सम्बन्धित सामग्री

नेप्सेमा दोहोरो अंकको वृद्धि, १ अर्ब ३२ कोरोडको कारोबार

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । बुधबार ३.५१ अंकले घट्दै १९४९.८५ विन्दुमा झरेको नेप्सेमा आज ११.२२ अंकले वृद्धि हुँदै १९६१.०६ विन्दुमा उक्लिएको हो । नेप्से सूचकमा वृद्धि भएसँगै यता कारोबार रकममा समेत आज बढोन्नती आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ११ अंकमाथिले बढेको बजारमा १ अर्ब ३२ करोड २९ लाख रुपैयाँ बराबरको ३८ लाख ६५ हजार ९६१ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी नविल बैंकको १४ करोड ४५ लाख ५६ हजार ७९२ रुपैयाँ बराबरको ९१३ कित्ता सेयर कार

सेयर बजारमा गिरावट कायमै : १ अर्ब ३८ करोडको कारोबार

काठमाडौँ । बिहीबार सेयर बजारमा १.०८ अंकको गिरावट आएको छ । पछिल्लो एक साता बजार निरन्तर ओरालो यात्रामा छ । बजार घट्दा कारोबार रकम समेत खुम्चिएको छ । बिहीबार कुल २२५ कम्पनीको २९ हजार १६२ हजार वटा कारोबारबाट ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ३८ करोड […]

सेयर बजारमा २२ अंकको गिरावट, १ अर्ब १२ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २२.५४ अंकको गिरावट आएको छ । कारोबार खुलेको समयदेखि नै घट्न थालेको नेप्से १.१३ प्रतिशत घट्दै समग्र परिसूचक १९ सय ७२ अंकमा आइपुगेको छ । यससँगै, नेप्से परिसूचक १८ सय अंककोबिन्दुतर्फ लम्किएको छ ।यसैगरी, आज सेन्सेटिभ परिसूचक ४.३३ अंकले घटेर ३८४.६२ अंकमा आइपुगेको छ । यसक्रममा आज यो परिसूचक १.११ अंकले घटेको छ । नेप्से परिसूचकमा २२ अंकको गिरावट आएको दिन आज १ अर्ब १२ करोड ६२ लाख १७ हजार रुपैयाँ बराबरको २९ लाख ९२ हजार कित्ता सेयर किनबेच भएको छ ।आज नेप्सेमा कारोबार भएको सबै

शेयर बजारमा दोहोरो अंकको गिरावट, दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाए

नेप्से घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ । २ सय २३ कम्पनीको ६२ लाख ९८ हजार ६ सय ३८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७६ करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा दोहोरो अंकको सुधार, १ अर्ब ३१ करोडको कारोबार

काठमाडौँ- साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज १८ अंकले वृद्धि भएको छ । नेप्सेमा सूचीकृत २११ कम्पनीको ३१ लाख ४२ हजार ४०२ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । पछिल्लो समय सेयर बजारमा कारोबारमा खासै उत्साह […]

सेयर बजारमा सामान्य सुधार, ७ अंक बढ्दा डेढ अर्बको कारोबार

आज शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य सुधार आएको छ । कारोबार सुरू भएको समयमा केही अंकले घटे पनि अन्तिम समयमा ७ अंकले सुधार हुँदै नेप्से बढेर बन्द भएको हो । आज १ अर्ब ४५ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएर ४० लाख ५१ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक ७ अंकले बढेर परिसूचक २००९ अंकमा पुगेको छ ।यसक्रममा ८ समूहमा गिरावट आएको छ । अन्य समूह २५ अंक, होटल एण्ड टुरिजम समूहमा २० अंक, जलविद्युत समूहमा १७ अंकको गिरावट आउँदा उत्पादनमूलक समूह १४ अंक घटेको छ । यसैगरी, लघुवित्त सम

शेयर बजारमा पुनः गिरावट

बजार घट्दा त्यसको प्रत्यक्ष प्रभाव कारोबार रकममा देखिएको छ । बिहीबार २ अर्ब ४५ करोडको कारोबार भएकोमा शुक्रबार भने ३६ लाख ६३ हजार २२० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ ।

शेयर बजारमा पुनः दोहोरो अंकको गिरावट

बुधबारको तुलनामा कारोबार रकममा भने वृद्धि भएको छ । बुधबार १ अर्ब घटिको कारोबार भएकोमा बिहीबार भने २ सय ३७ कम्पनीका ५० लाख ८ हजार ७ सय ७१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५० अर्बको कारोबार भयो ।

शेयर बजारमा उच्च अंकको गिरावट

नेप्से घटेसँगै कारोबार रकममा पनि उत्साह आउन सकेको छैन । यसदिन २३० कम्पनीका ६१ लाख ८६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।

शेयर बजारमा ३५ अंकको पहिरो

नेप्सेमा भयङ्कर गिरावट आउँदा कारोबार रकममा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको छ । यसदिन २ सय २९ कम्पनीको ३७ लाख ६९ हजार ८ सय १२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड ७६ लाख ९९ हजारको कारोबार भएको छ ।