नेप्सेमा ३५ अंकको गिरावट, १ अर्ब ३१ करोडको मात्र कारोबार

मंगलबार सेयर बजार सूचक नेप्सेमा ३५ अंकमाथिको गिरावट आएको छ । बजार खुलेदेखि नै निरन्तर घट्दो दरमा रहेको नेप्से सूचक अन्तिसमयसम्म आइपुग्दा ३५.५३ अंकले घट्दै २१ सय ३७.९२ विन्दुमा रोकिन पुगेको हो ।अघिल्लो दिन ५० अंकमाथिले घट्दै नेप्से सूचक २१ सय ७६ विन्दुमा झरेको थियो । यस दिन समग्र सूचकमा ३५ अंकको गिरावट आउँदै गर्दा कारोबार रकम समेत १ अर्ब ३१ अर्बमा सीमित हुन पुगेको छ । कुल २२९ कम्पनीका झण्डै ३७ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा आज जम्मा १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।