काठमाडौँ महानगरका मेयर र उपमेयरको शपथ आज

काठमाडौँ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डङ्गोल सहितका जनप्रतिनिधिहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । आज बिहान ११ बजे राष्ट्रिय सभागृहमा शपथ ग्रहणको कार्यक्रम राखिएको छ । महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले काठमाडौँ महानगरका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले मेयर साहलाई आज शपथ ग्रहण गराउने जानकारी दिए […]

सम्बन्धित सामग्री

काठमाण्डाै महानगरका मेयर साह, उपमेयर डङ्गाेलसहित १ सय ६० जनप्रतिनिधिले लिए शपथ

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभा गृहमा आज आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा निर्वाचित बालेन्द्र साहलाई शपथ गराउनुभयो ।   यस लगत्तै मेयर साहले उपमेयरमा निर्वाचित सुनिता डङ्गोल, ३२ वटै वडाका वडाध्यक्ष र वडा सदस्यलाई शपथ गराउनुभएको थियो । उपमेयर डङ्गोलले नेपाल भाषामा शपथ लिनुभएको थियो। मेयर साहले पनि मुख्य निर्वाचन अधिकृतबाट शपथ लिएपछि नेपाल भाषा...

काठमाडौँका मेयर बालेन साहले नेपाल भाषामा पनि लिए शपथ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराएका हुन् । नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उनले नेपाल भाषामा पनि शपथको ब्यहोरा वाचन गरेका थिए । मेयर साह शपथ ग्रहण समारोहमा दौरा सुरुवाल […]

काठमाडौं महानगरका मेयर र उपमेयरको शपथ आज

१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । आज बिहान ११ बजे राष्ट्रिय सभागृहमा शपथ ग्रहणको कार्यक्रम राखिएको छ । महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई आज शपथ ग्रहण गराउने […]

बालेन र सुनिताको शपथ सोमबार

काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोलसहित ३२ वडाका वडा अध्यक्ष र सदस्यको भोलि सोमबार शपथग्रहण हुने भएको छ।कामपा प्रशासन विभागका अनुसार बिहान १० बजे काठमाडौँ महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताका शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ। मेयरले शपथ ग्रहण गरेलगत्तै मेयर साहले उपमेयर डंगोललाई र त्यसपछि वडा अध्यक्षलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ। कामपाका प्रमुख साह र उपप्रमुख डंगोलले बिहान ११ बजे पदभार ग्र

ललितपुरका मेयरले लिए शपथ

काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पद तथा गोपनीयताको शपथ लिएका छन् । ललितपुरका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । उपमेयर मञ्जली शाक्यले पनि बुधबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

ललितपुर महानगरका मेयर चिरिबाबुले लिए शपथ

काठमाडौँ- ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले शपथ लिएका छन्। बुधबार ललितपुरमा आयोजित समारोहमा मुख्य निर्वाचन अधिकृत किरण प्रसाद सिवाकोटीले शपथ खुवाएका हुन्। महर्जनसँगै एमालेबाट उपमेयरमा निर्वाचित मञ्जली शाक्यले पनि शपथ लिएकी छन्। महर्जनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई भारी मतान्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन्। उनले व्यञ्जनकारलाई १८ हजारभन्दा बढीको मतान्तरले पराजित गरेका […]

धनुषाका नवनिर्वाचित मेयर र अध्यक्षद्वारा शपथ

जनकपुरधाम : धनुषाका नवनिर्वाचित मेयर र अध्यक्षले शपथ ग्रहण गरेका छन्।मंगलबार जनकपुरधाम उपमहानगरपालिकाको अष्टावक्र सभाहलमा आयोजित पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउँपालिकाका नवनिर्वाचित मेयर र अध्यक्षले शपथ लिएका हुन्।सबैजनालाई धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले शपथ गराएका छन्। सोमबार साँझ जनकपुरधाम उपमहानगरपालिकाको मत परिणाम आएसँगै जिल्लाको सबै स्थानीय तहको मतगणना सम्पन्न भएको थियो।अब मेयर र अध्यक्षले पालिकाका उपमेयर, उपाध्यक्ष सहित

झापाका १५ मध्ये ११ पालिकाका मेयर तथा अध्यक्षले लिए शपथ

झापा : दोस्रो चरणको स्थानीय तह सदस्य निर्वाचनमा झापा जिल्लाका पालिकाहरुमा निर्वाचित मेयर तथा अध्यक्षहरूलाई शपथ ग्रहण गराइएको छ। जिल्लाका १५ वटा पालिकामध्ये पहिलो चरणमा ११ वटा पालिकाका मेयर तथा अध्यक्षहरूलाई सोमबार बिहान झापा जिल्ला अदालतमा शपथ ग्रहण गराइएको छ।निर्वाचित मेयर तथा अध्यक्षहरूलाई मुख्य निर्वाचित अधिकृत तथा झापा जिल्ला अदालतका न्यायाधीश गिरिराज गौतमले शपथ ग्रहण गराएका छन्। शपथ ग्रहण गर्ने मेयरहरू भद्रपुर नगरपालिकाका गणेश पोखरेल, बिर्तामोड नगरपालिकाकी पवित्रा महतारा, कनकाई नगरपालिकाका

शपथ ग्रहणपछि मेयर नापितले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

काठमाडौँ– राप्रपाबाट शंखरापुर नगरपालिकाको मेयरमा निर्वाचित रमेश नापितले शपथ ग्रहणपछि पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली प्रकट गरेका छन् । शुक्रबार शपथ लिएपछि उनले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन् । त्यसपछि उनले सहिदगेटमा पुगेर सहिदहरुप्रति माल्यार्पण तथा श्रद्धाञ्जली प्रकट गरेका छन् । नवनिर्वाचित मेयर नापितले आफ्नो कार्यकक्षमा पनि पृथ्वीनारायण शाहको तस्बिर […]