धनुषाका नवनिर्वाचित मेयर र अध्यक्षद्वारा शपथ

जनकपुरधाम : धनुषाका नवनिर्वाचित मेयर र अध्यक्षले शपथ ग्रहण गरेका छन्।मंगलबार जनकपुरधाम उपमहानगरपालिकाको अष्टावक्र सभाहलमा आयोजित पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउँपालिकाका नवनिर्वाचित मेयर र अध्यक्षले शपथ लिएका हुन्।सबैजनालाई धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले शपथ गराएका छन्। सोमबार साँझ जनकपुरधाम उपमहानगरपालिकाको मत परिणाम आएसँगै जिल्लाको सबै स्थानीय तहको मतगणना सम्पन्न भएको थियो।अब मेयर र अध्यक्षले पालिकाका उपमेयर, उपाध्यक्ष सहित